ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ आश्विन १७, सोमबार
गृहपृष्ठअतिरिक्तशुक्लाफटामा बाघको सख्यामा बृद्धि वर्षमा २८ बाघ बढे

शुक्लाफटामा बाघको सख्यामा बृद्धि वर्षमा २८ बाघ बढे

महेन्द्रनगर । आज विस्व बाघ दिवस । सुक्रबार बाघ दिवसको अवसर पारेर शुक्लाफाटा राष्ट्रिय निकुन्जको कार्यालय कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा विगत १३ वर्ष यता गरिएको सर्वेक्षणमा बाघको संख्यामा उल्लेखिय बृद्धि भएको पाईएको छ ।

सन् २००९ मा ८ वटा बाघ रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा अहिले २०२२ मा बाघको सख्या बढेर ३६ पुगेको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक अधीकृत मनोज ऐरले बताए । २०७८ सालमा जिकुञ्जमा १९ वटा बाघ रहेको र आफुहरुले जडान गरेका क्यामराबाट खिचिएका तस्विरमा पनि बाघको सख्यामा बृद्धि भएको जानकारी दिए ।

अहिले निकुञ्जमा १६ पोथि र १२ बाघको सख्या रहेको र अन्यको लिंग पहिचान नभएका ऐरले बताए । कञ्चनपुरको शुक्लाफाटा,लालझाडि र डडेल्धुराको जोगबुढामा बाघ तथा अन्य जनावरहरुको तस्विरको लागि क्यामरा जडान गरिएको थियो ।

निकुञ्जमा २००९ मा ८ वटा २०१३मा १७ वटा २०१८ मा १६ वटा र अहलिे आएर २०२२ मा जम्मा बाघको सख्या ३६ रहेको छ । बाघलाई चाहिने आहारा प्रजातिको घनत्व बढेको,चोरी सिकारीको कमि र सम्पुर्ण आम स्थानिय,सामुदायिक बनका पदाधिकारी लगाएको सहयो र समन्वयले नै निकुञ्जमा बाघको सख्यामा बढोत्तरी देखिएको अधिकृत ऐरले बताए ।

बाघको सख्या बृद्धि भएसंगै बाघलाई सुरक्षित राख्न चुनौतिपनि रहेकोले निकुञ्ज नजिक बस्ने स्थानियहरुले बन प्रवेशमा पनि बढ्दै गईरहेको अवस्थामा बाघको वासस्थान मासीदै गयो भने चुनौति समेत बढ्दै जाने उनले बताए ।अहिले देशभर बाघको सख्या ३ सय ५५ पुगेको छ भने सन २०१०मा विस्वभर ३ हजार बाघको सख्या रहेको र अहिले विस्व भर ६ हजार बाघको सख्या पुगेको छ।

ताजा समाचार