ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ आश्विन १७, सोमबार
गृहपृष्ठअपराध रिपोर्टचितुवाको छाला सहित दुईजना पक्राउ

चितुवाको छाला सहित दुईजना पक्राउ

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुर प्रहरीले चितुवाको छाला सहित दईजनालाई पक्राउ गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा न ३ देखतभुलि बाट चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको हो ।

बिषेश सुचनाको आधारमा देखतभुलि स्थित निरन्जन मल्लको धानको बारीमा बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा दुईवटा वयस्क चितुवाको छाला प्रहरीले पक्राउ गरेको हो । बिहेबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुर प्रहरीले पक्राउ परेको छाला र पक्राउ परेका दुबै जनालाई बिहेबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका ३ काडे घर भएकी मालती मल्ल र अमरगढी २ जोसीना घर भएका बर्ष २९ का मोहन सार्कीलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनिहरु द्बै जनाबाट बरामत गरेको छालाको लम्बाई८ फिट ८ ईन्च लम्बाई ३ फिट चौडाई अर्को छालाको लम्बाई २ फिट ८ इन्च चौडाई रहेको प्रहरीले बताएको छ । उतm चितुवाको छाला सुदुरपश्चिमको पहाडी जिल्लाबाट कञ्चनपुर ल्याएको हुनसक्ने अनुमानसंङ्घै सो सम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवतmा चक्र बहादुर साहिले बताए ।

ताजा समाचार