ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ श्रावण २६, बिहीबार
गृहपृष्ठशिक्षानेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिमको अध्यक्षमा शाही, महासचिवमा जोशी निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिमको अध्यक्षमा शाही, महासचिवमा जोशी निर्वाचित

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सोमबार सम्पन्न भएको नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनले कृष्ण बहादुर शाहीको अध्यक्षतामा २६ सदस्यीय प्रदेश कमिटि गठन गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष प्रभास प्रसाद शाहको अध्यक्षतामा सुरु भएको प्रथम प्रदेश अधिवेशनमा उपाध्यक्षमा झंकर बहादुर रावत र श्याम सिंह धामी चयन भएका छन् । निजामती कर्मचारी संगठनको प्रदेश महासचिवको जिम्मेवारी महादेव जोशीले पाएका छन् । महासचिव जोशी कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत छन् ।

सचिवको जिम्मेवारी ३ जनाले पाएका छन् । मदन खड्का, धन बहादुर थापा र लक्ष्मण दत्त भट्टले प्रथम प्रदेश अधिवेशनबाट सचिवको जिम्मेवारी पाएका हुन् । त्यस्तै कोषाध्यक्षमा कविराज कठायत र खुल्ला सदस्यहरुमा दिपक कुवर, नरेन्द्र ठगुन्ना, रुपक खड्का, संदिप सांवद, वालकृष्ण जोशी, सुरज परियार, अनन्तराम जोशी, विष्णु प्र. जैसी, दिलासिह भण्डारी र राधाकृष्ण जोशी चयन भएका छन् ।

ताजा समाचार