ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअतिरिक्तशुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले गती लिने

शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले गती लिने

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र ९ल्याण्डफिल्ड साइट० ले गती लिने भएको छ । विगत लामो समयदेखी चर्चामा रहेको तर सुचारु हुन नसकेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले नगर प्रमुख रण बहादुर महराको विशेष पहलमा अब गती लिने भएको हो ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित श्री कृष्ण सामुदायिक वनको ५ हेक्टर क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनीयर द्रोण कटुवालले बताए । उनका अनुसार ५ हेक्टर क्षेत्रफलभित्र फोहोरमैला व्यवस्थापन केन्द्र ९ल्याण्डफिल्ड साइट० र दिशाजन्य पदार्थ प्रशोधन केन्द्र निर्माण हुनेछ । यस फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाख २३ गते क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी र रमण केएसजे। भी। कैलाली विच ठेक्का सम्झौता भएको छ ।

२६ करोड ७७ लाखको लागतमा अबको २० महिनाभित्र फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसक्नेगरी रमण केएसजेभी कैलाली विच ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनीयर कटुवालले जानकारी दिए । २६ करोड ७७ लाखको लागतमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रको लागि शुक्लाफाँटा नगरपालिकाको २ दशमलव ८ प्रतिशत लागत रहेको छ । यस्तै जग्गा व्यवस्थापनमा नगरले १० प्रतिशत व्यहोर्ने छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भएपछि तीन वर्षसम्म रमण केएसजेभी कैलालीले नै सञ्चालन गर्ने उनले बताए । सुदुरपश्चिम प्रदेशमै पहिलो पटक व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन लागेको क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनीयर द्रोण कटुवालले बताए ।

सुदुरपश्चिम प्रदेशमै व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदैछ,क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनीयर कटुवालले भने,स्वच्छ वातावरण,सफा र सुन्दर नगर निर्माणमा फोहोरमैला व्यवस्थापन केन्द्र कोशेढुङ्गा सावित हुनेछ । “पछिल्लो समय विशेषत तराईका जिल्ला,नगरहरुमा बढ्दो जनसंख्याका कारण फोहोरमैला व्यवस्थापन केन्द्र चुनौतीका रुपमा रहँदै आएको छ ।

समयमै यसको निराकरण गरी व्यवस्थित सहर निर्माण गर्न सके सफा,सुन्दर र सभ्य सहर निर्माण हुनेछन् । यसको लागि सवैको साथ सहयोगको खाँचो रहन्छ,इन्जिनीयर कटुवालले भने ।”बढ्दो फोहोरमैलालाई व्यवस्थित गर्न दीगो कदम चाल्न आवश्यक रहेको बताउँदै क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनीयर कटुवालले भने, “समयमै फोहोरमैलाको उचित व्यवस्थापन गर्न नसके नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्छ । नगरको सुन्दरता,स्वच्छतामा ह्रास आउँछ । त्यसकारण सवैले समयमै सचेत हुन जरुरी छ ।”

यसैविच शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा सहितको टोलिले वडा नम्बर ११ स्थित श्री कृष्ण सामुदायिक वन क्षेत्रमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रको स्थलगत निरीक्षण गरेको छ । नगर प्रमुख महरा सहित प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्ट,आर यु डि पी अन्तर्गत रहेको संस्थागत विकास परामर्शदाताका इन्जिनीयर प्रदीप पन्त लगायतले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रको स्थलगत निरीक्षण गर्दै नगर प्रमुख रण बहादुर महराले छिट्टै फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आउने बताए । “विगत लामो समयदेखी फोहोरमैला व्यवस्थापन केन्द्र चर्चामा रह्यो,तर निर्माण हुन सकेन । अब त्यस्तो हुँदैन चाँडोभन्दा चाँडो सुचारु हुन्छ,वातावरण जोगाउने कार्य हामी सबैको साझा कार्य हो, त्यसैले हामी सबै हातेमालो गर्दै अघि बढौँ,नगर प्रमुख महराले भने ।”वातावरणीय समस्याहरू कम गर्न आम सरोकारवालाहरू एकजुट र जागरुक हुनुपर्नेमा उनले जोड दिए ।फोहोरमैलाको उचित व्यवस्थापन गरी वातावरण प्रदूषण हुन नदिनका लागि आफु कटिबद्ध भएर लागिपर्ने उनले बताए । फोहोरको उचित व्यवस्थापन गर्न सकिएको खण्डमा वातावरण प्रदूषण नहुने भन्दै यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको समेत नगर प्रमुख महराले बताए ।

घर,होटल लगायतबाट निस्कने फोहोरलाई नागरिकहरू आफैँले फोहोरलाई वर्गीकरण गरी तोकिएको स्थानमा मात्रै फोहोर बिसर्जन गर्ने वा फोहोरको गाडी आएपछि मात्रै फोहोर फाल्ने बानी बसाल्न सकिएको खण्डमा फोहोर व्यवस्थापनमा टेवा पुग्ने नगर प्रमुख महराले बताए । यसैगरी शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्टले पनि फोहोरमैला व्यवस्थापन केन्द्र चाँडो सुचारु हुने बताउँदै यसमा सवैको साथ सहयोगको आवश्यकता रहने बताए ।चनपुरमा गहु खेतिको उत्पादन कति ?

शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले गती लिने

ताजा समाचार

AllEscort