ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठसमाजसनसेट नेपालको आयोजनामा दोधारा–चाँदनीमा वृक्षारोपण

सनसेट नेपालको आयोजनामा दोधारा–चाँदनीमा वृक्षारोपण


महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दोधारा–चाँदनीका युवाहरुद्वरा सञ्चालित सनसेट नेपालको आयोजना र एनएनएसडब्लूए, स्वीट नेपाल, डीसिए नेपाल र दोधारा–चाँदनी नगरपालिकाको समन्वयमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको स्थानीय सञ्चारकर्मी खडक रावलले बताएका छन् ।


आईतवार विश्व वतावरण दिवसरको अवसर पारेर दोधारा–चाँदनीको महाकाली आदर्श माध्यमिक विद्यालय र झोलुङ्गे पुलको परिसरमा वृक्षारोपण गरिएको हो । उक्त कार्यक्रममा दोधारा–चाँदनीका मेयर किशोर लिम्बु र उपमेयर गंगा जोशीबाट वृक्षारोपण कार्यको सुरुवात गरिएको थियो ।


वृक्षारोपण कार्यक्रममा स्थानीय नेता कार्यक्रता तथा दोधरा–चाँदनीका युवाहरुको सहभागिता रहेको थियो । नगर प्रमुख, उप प्रमुख संगै दोधारा–चाँदनी वडा नं. २ का अध्यक्ष पदम रावल र वडा नं. ७ का अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री लगायतका जनप्रतिनिधी समेत उक्त वृक्षारोपण कार्यक्रममा सहभागि थिए ।


उक्त वृक्षारोपण कार्यक्रममा सहयोग पु¥याउने सबैलाई सनसेट नेपालका अध्यक्ष रमेश भण्डारीले धन्यवाद ज्ञापन गरेका छन् ।

ताजा समाचार

AllEscort