ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ आश्विन १७, सोमबार
गृहपृष्ठमुख्य समाचारभीमदत्त–१३ को वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंहद्वारा तलब भत्ता नलिने घोषणा

भीमदत्त–१३ को वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंहद्वारा तलब भत्ता नलिने घोषणा

महेन्द्रनगर । नेपाली कांग्रेसबाट भीमदत्त नगरपालिका वडा नं. १३ को वडाध्यक्षका उम्मेदवार सुरेन्द्र बहादुर सिंहले सेवा सुविधा तथा तलब भत्ता नलिने घोषणा गरेका छन् ।

वडा नं. १३ को वडाध्यक्षका उम्मेदवार सिंहले आइतबार आफुले विजय भएकोखण्डमा नेपाल सरकारले प्रदान गर्ने कुनैपनि सेवा सुविधा तथा तलब भत्ता नलिने घोषणा गरेका हुन् । कृषि विकास बैंकबाट सेवा निवृत भएका सिंह, स्वच्छ छवी र समाजसेवी व्यक्तिका रुपमा परिचित छन् ।

यहि बैशाख ३० गते हुँने स्थानीय निर्वाचनमा नेता सिंहलाई नेपाली कांग्रेसले भीमदत्त–१३ बाट वडाध्यक्षको उम्मेदवार बनाएको हो । नेता सिंहले आफुलाई पाइने सेवा सुविधा नलिने संगै आफ्नो तलब भत्ता वडाका विपन्न, अपाङ्ग, असहाय, दलित, सुत्केरी महिला, एकल बृद्धबृद्धा तथा समस्यामा परेका जो–कोहीका लागि समेत खर्च गर्ने प्रतिबद्धता गरेका छन् ।

नेता सिंहले सेवा सुविधा र तलब भत्ता नलिने घोषणा गरे संगै कञ्चनपुरको भीमदत्तमा नेपाली कांग्रेसबाट तलब भत्ता तथा सेवा सुविधा नलिने वडाध्यक्षका उम्मेदवारहरुको संख्या ४ पुगेको छ ।

यो भन्दा अघि नै भीमदत्त–१ का वढाध्यक्षका उम्मेदवार आसेफ कुँवर भुन्टु, भीमदत्त–११ को वडाध्यक्षका उम्मेदवार प्रकाश थापा, भीमदत्त–१२ को वडाध्यक्षका उम्मेदवार भुपेन्द्र रावल र भीमदत्त–१३ को वडाध्यक्षका उम्मेदवार सिंह गरेर नेपाली कांग्रेसबाट ४ जनाले आफ्नो तलब भत्ता वडाका विपन्न, अपाङ्ग, असहाय, दलित, सुत्केरी महिला, एकल बृद्धबृद्धाका लागि खर्च गर्ने प्रतिबद्धता गरेका हुन् ।

कञ्चनपुरमा नेपाली कांग्रेसका उम्मेदवार बाहेक अन्य राजनीतिक दलका कसैले पनि सरकारबाट पाउने सेवा सुविधा तथा तलब भत्ता नलिने घोषणा गरेका छैनन् ।

ताजा समाचार