ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठमुख्य समाचारदोधारा–चाँदनीमा झनै शसक्त बन्दै कांग्रेसको चुनावी प्रचार–प्रसार

दोधारा–चाँदनीमा झनै शसक्त बन्दै कांग्रेसको चुनावी प्रचार–प्रसार

महेन्द्रनगर । नेपाली कांग्रेसले दोधारा–चाँदनीमा चुनावी घरदैलो कार्यक्रमलाई झन शसक्त बनाएर प्रचार–प्रसार गर्दै आएको छ । पुर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको उपस्थितीमा बिहिबार देखि प्रत्येक वडामा कोणसभा आयोजना गर्दै चुनावी प्रचार–प्रसारलाई झनै शसक्त बनाउन थालिएको हो ।

बिहिबार दोधारा–चाँदनीको वडा नं. ८,९ र १० मा नेपाली कांग्रेसले कोणसभा सम्पन्न गरेको हो । उक्त कोण सभालाई सम्बोधन गर्दै कांग्रेस नेता तथा उम्मेदवारहरुले दोधारा–चाँदनीका जनताको सुरक्षामा जोड दिएका छन् । महाकाली र जोगबुडा नदीमा तटबन्ध निर्माण गरिने, सुख्खा बन्दरगाहलाई लगत्तै सञ्चालनमा ल्याइने, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंसको उपचारको व्यवस्था गरिने लगायतका महत्वपुर्ण कुराहरुमा कांग्रेस नेताहरुले जोड दिएका छन् ।

अहिलेको स्थानिय सरकारले गर्न नसकेका र गर्न बाँकि रहेका काममहरु आफुले गर्ने दोधारा–चाँदनी नगरपालिकाको मेयरका उम्मेदवार गोपाल दत्त भट्टले बताए । दोधारा–चाँदनीका जनतालाई बाढीबाट कटान/पटानको समस्या, सर्पले टोकेपछि प्राथमिक उपचार समेत गर्न नपाई अकालमै ज्यान गुमाउनु पर्ने समस्या, छाडा चौपायाहरुले बाली–नाली नष्ट गर्ने समस्या, गाउँका भित्री सडकहरुमा ग्राभेल समेत पर्न नसकेको, किसानहरुका समस्या लगायत थुप्रै समस्याको समाधान गर्न आफु तत्पर र तम्तयार रहेको मेयरका उम्मेदवार भट्टले बताए ।

महिलाहरुको हक अधिकार, न्याय निरोपण जस्ता बिषयहरुमा अहिलेका उपमेयर चुकेको हुँदा जनताले आफुलाई मतदान गरेर जिताएको खण्डमा महिला, बालबालिका, पिछिडीएका वर्ग, विभिन्न विकासका योजनाहरुको अनुगमन र भ्रष्टाचार न्यूनिकरणका लागि अहोरात्र खटिने उपमेयरकी उम्मेदवार गंगा जोशीले प्रतिबद्धता गरेकी छिन् ।

शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, विद्युतिकरण र खानेपानीको उचित प्रबन्ध र गुणस्तरिय सेवा प्रवाहका लागि आफुहरु निरन्तर जनता माझ खटिने नेपाली कांग्रेसका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् ।

दोधारा–चाँदनीमा बिहिबार देखि कांग्रेस नेता लेखकको उपस्थितीमा प्रत्येक वडाहरुमा कोणसभा आयोजना गर्न लागिएको हो । उक्त कोणसभामा नेता लेखक, अर्का केन्द्रीय सदस्य यज्ञराज जोशी, महाधिवेश प्रतिनिधि बेल बहादुर रानामगर, जंग बहादुर चन्द, दोधारा–चँदनी नगरपालिकाका मेयर बिर बहादुर सुनार लगायत प्रमुख आकर्षणको रुपमा रहेका छन् ।

ताजा समाचार

AllEscort