महेन्द्रनगर । दोधारा–चाँदनीमा विभिन्न पार्टी परित्याग गरि ४७ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहिबार नेपाली कांग्रेसले दोधारा–चाँदनी वडा नं. ८,९ र १० मा राखेको कोणसभामा नेकपा एमाले र माआबादी केन्द्र परित्याग गरि ४७ जनाले कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस दोधारा–चाँदनी नगर कार्यसमितिका सचिव महेन्द्र बिष्टले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीकोले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । दोधारा–चाँदनी ९ मा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी कोणसभामा उनीहरु ४७ जनाले कांग्रेस प्रवेश गरेका हुन् ।