ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठराजनीतितरुण दलको नेतृत्व सम्हालेका युवा नेता चन्द भीनपा–१० मा वडाध्यक्षको उम्मेदवार

तरुण दलको नेतृत्व सम्हालेका युवा नेता चन्द भीनपा–१० मा वडाध्यक्षको उम्मेदवार

महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुणदल कञ्चनपुर जिल्लाका अध्यक्ष महेश चन्दले नेपाली कांग्रेसबाट भीमदत्तनगरपालिका वडा नं. १० को वडाअध्यक्षमा उम्मेदावारी दिएका छन् ।

२०५१ साल देखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका चन्द भीमदत्त–१० को वडाध्यक्षका उम्मेदवार हुन् । युवा नेता चन्दले विद्यार्थी जिवनदेखी हालसम्म तथा ३०६४ सालको संविधानसभाको चुनावमा कञ्चनपुर जिल्लाबाट डडेल्धुरा गई संगठन विस्तारमा पार्टिलाई साथ दिदै आईरहेका छन् । २०६२/०६३ सालमा राजतन्त्र ढाल्नको लागि र निरंकुस शाही सत्ता विरुद्ध उर्लिएको नजआन्दोलनमा नेपाल प्रहरी लाठि र बुटको कुटाई खाएका चन्द जनआन्दोलनमा प्रहरीले पक्राउ गरी १ हप्ता हिरासतमा बसेका थिए ।

२०७१ देखी २०७५ सालसम्म २ कार्यकाल नेपाली कांग्रेसको क्षेत्रीय सदस्य रहेर उनले काम गरे । वडाबासीहरुका मुल समस्याहरु स्वास्थ्य, शिक्षा, रोजगार, विकासका समस्यालाई आत्मसाथ गर्दै वडाबासीहरुको सल्लाह सुझाव बाट नै आफु अगाडि बढ्ने चन्दले बताए । वडा नं. १० मा रहेका वडाबासीले अमुल्य मत दिएर जितायो भने शासक होईन, वडाबासीहरुको पिर व्यथालाई मध्यनजर गर्दै सेवक भएर काम गर्ने चन्दले प्रतिवद्धता जाहेर गरेका छन् ।

युवा नेता चन्दले महेन्द्रनगर नगर विकास समितिको ५७२ बिगा जमिन घोटालामा भुमाफियाहरुलाई कानुनको दायरामा ल्याउनको लागि भुमाफिया बिरुद्ध आन्दोलनको नेतृत्व समेत गरेका थिए ।

हाल उक्त घटनाका ६४ जना भुमाभियाहरु विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ । नेपाली कांग्रेसका युवा नेता महेस चन्द २०७३ सालदेखि हालसम्म नेपाल तरुणदल कञ्चनपुरका अध्यक्ष रहेका छन् । भिनपा १० मा सक्षम नेतृत्व चयनका लागि आफुलाई मतदान गर्नहुन सम्पुर्ण वडाबबासीहरुमा उनले अपिल गरेका छन् ।

ताजा समाचार

AllEscort