ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअन्तर्वार्तादोधारा-चाँदनीमा कांग्रेसका असन्तुष्ट पक्षले लिए राजिनामा फिर्ता, उम्मेदवार जिताउन घरदैलोमा लागे

दोधारा-चाँदनीमा कांग्रेसका असन्तुष्ट पक्षले लिए राजिनामा फिर्ता, उम्मेदवार जिताउन घरदैलोमा लागे

महेन्द्रनगर । दोधारा–चाँदनी–२ मा नेपाली कांग्रेसका ५७ जना क्रियाशिल सदस्यले दिएको राजिनामा फिर्ता भएको छ । शुक्रबार दोधारा–चाँदनी नगर कार्यसमितिकोले टिकट वितरणमा कमी कमजोरी स्विकार गरेपछि ५७ जना कांग्रेस क्रियाशिल सदस्यले राजिनामा फिर्ता लिएका छन् ।

नेपाली कांग्रेसले टिकट वितरणमा अन्याय भएको भन्दै मंगलवार ५७ जनाले सामुहिक राजिनामा दिएका थिए । उनीहरुले नेपाली कांग्रेस दोधारा–चाँदनी वडा नं.२ को सम्पर्क कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

आज नगर कार्यसमिति संगको छलफलपछि असन्तुष्ट पक्षले नेपाली कांग्रेसका सबै उम्मेदवारलाई वडादेखि पालिका सम्म विजय गराउनका लागि एकजुट भएर चुनावी प्रचार–प्रसारमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

‘हामी पार्टीले टिकट वितरणको प्रति असन्तुष्ट थियौं । आजैका मिति देखि नेपाली कांग्रेसका वडादसदस्य, वडाअध्यक्ष र मेयर उपमेयरका उम्मेदवारलाई जिताउनका लागि निरन्तर खटिन्छौ ।’ कांग्रेस नेता देबेन्द्र सिंह नायकले भने ।

दोधारा–चाँदनी नगर कार्यसमितिले ५७ जना असन्टुष्ट पक्ष संग निरन्तर वार्ता गर्दै आएको थियो, तत् पश्चात आज असन्तुष्ट पक्षले राजिनामा फिर्ता लिदै नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन चुनावी अभियानको घरदैलौ कार्यक्रममा मन, वचनले प्रतिबद्ध भएर लाग्ने सहमति भएको नगर सचिव महेन्द्र बिष्टले बताए ।

No description available.

 

 

ताजा समाचार

AllEscort