ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअन्तर्वार्तादेशमा लोकतन्त्र जोगाउन कांग्रेसका उम्मेदवार लाई मतदान गरौंः मेयरका उम्मेदवार पदम बोगटी

देशमा लोकतन्त्र जोगाउन कांग्रेसका उम्मेदवार लाई मतदान गरौंः मेयरका उम्मेदवार पदम बोगटी

महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा जेठो र जनसंख्याका आधारमा ठुलो स्थानीय तह हो, भीमदत्त नगरपालिका । नेपाली कांग्रेसबाट भीमदत्त नगरपालिकाको नगर प्रमुखमा पदम बोगटी र उप–प्रमुखमा निलम लेखक जोशीले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति पदम बोगटी २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका सुरेन्द्र बिष्ट १६७ मन्तान्तरले पराजित भएका थिए ।

भीमदत्तमा फोहोर मैला व्यवस्थापनको काममा अहिलेका मेयर सुरेन्द्र बिष्ट असफल रहेको हुँदा आफ्नो पहिलो प्राथमिकताको काम फोहोर मैला व्यवस्थापन नै रहने नेपाली कांग्रेसबाट भीमदत्तमा मेयर पदका उम्मेदवार पदम बोगटी बताउछन् ।

छाडा चौपाया व्यवस्थापन देखि लिएर दजनौं कामहरु लथालिङ्ग रहेको अवस्थामा आफुहरुले सबैकामहरु व्यवस्थित ढङ्गले गरेर कामलाई पुर्णता दिने मेयरका उम्मेदवार बोगटीले बताए ।

अघिल्लो निर्वाचनमा जनताले वाम एकता सहितको पार्टीलाई झण्डै दुई तिहाई मत दिएकोमा उनीहरुले जनताको त्यो मतको अपमान गरेका हुँदा अब नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जनताले मतदान गर्नेमा आफु ढुक्क रहेको बोगटीले बताए ।

कम्युनिष्टका उम्मेदवारहरुलाई जिताएर जनताले त्यसको बदलामा बेथिती, अन्याय, अत्याचार, भष्टाचार र कार्यक्रता पोस्ने बाहेक अन्य केहि नगरेको जनाउदै भीमदत्तमा मेयर पदका उम्मेदवार बोगटीले जनता हुनुपर्ने बेला आएको बताएका छन् । जनताले दिएको दुई तिहाई मतलाई कम्युनिष्टहरुले सम्हाल्न नसकेको र आफुहरु देशका लागि असक्षम भएको प्रष्ट प्रमाण दिएको हुँदा अब जनताले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्नहुन समेत उनले अपिल गरे ।

नेपाली कांग्रेसको सरकारले पछिल्लो समय कोडिभ–१९ बिरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेर प्रत्येक जनतालाई बचाउन उल्लेखनिय भुमिका निर्वाह गरेको उनी बताउन् ।

नेपालमा लोकतन्त्रलाई कांग्रेसले मात्रै जोगाउन सक्ने दाबि गर्दै भीमदत्तको मेयरका उम्मेदवार बोगटीले जनतालाई कांग्रेसको रुख चिन्हमै भोट हाल्नका लागि अपिल गरेका छन् । भीमदत्त नगरपालिमा रहेका हरेक जनताका सबै प्रकारका समस्याहरुलाई आफुहरुले समाधान दिने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।

आफुहरुले घरदैलो जानेक्रममा स्थानीय जनताहरुका समस्याहरु सबै नोट गर्ने र विजय भएपछि ‘वान–टु–वान’ समाधान तथा निराकरण गरिने कांग्रेसबाट मेयरका उम्मेदवार बोगटी बताउछन् ।

नगरपालिकाका सबै वडाका सबै गाँउ–टोल सम्म कालो पत्रे सडक, विद्युतीकरण तथा सौर्यबत्ती, खानेपानी, गुणस्तरिय शिक्षालय, गाउँ–गाँउमै प्राथमिक स्वास्थ्यचौकी र डाक्टरहरुको पनि व्यवस्था गर्ने लगायतका एजेण्डाहरु नेपाली कांग्रेसले बोकेको छ ।

ताजा समाचार

AllEscort