महेन्द्रनगर । नेपाली कांग्रेसले दोधारा–चाँदनी नगरपालिकाको उप प्रमुख पदमा गंगा जोशीलाई उम्मेदवार बनाएको छ । ०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेकी चिनी गिरी संग झिनो मतान्तरले पराजित भएकी कांग्रेस नेतृ जोशीलाई पातर्टीले पुनः उपमेयर पदको उम्मेदवार हुँने मौका दिएको छ ।
२०४६ साल देखि दोधारा–चाँदनीका कांग्रेस नेता मेग बहादुर सिंहको छत्रछाँयामा हुर्किएकी नेतृ जोशीले राजनीतिमा लगाव बढाएकी थिइन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी तत्कालिन दोधारा गाविसको वडा नं. ८ मा वडा सदस्यमा पराजित भएकी थिइन् ।
२०५१ देखि दोधारामा मलिा स्वास्थ्य स्वयंमसेविका रहेकी कांग्रेस नेतृ जोशीले केहि दिन अघिमात्रै उक्त पदबाट राजिनामा गरेकी छिन् । कांग्रेस नेतृ तथा दोधारा–चाँदनी नगरपालिकाको उपमेयरका उम्मेदवार जोशीलाई विभिन्न गैरसरकारी संघ–संस्थाहरुमा काम गरेको लामो अनुभव छ ।
कांग्रेस नेतृ जोशी २०६२/०६३ को जनआन्दोलमा आफ्नो छोरा सहित घाइते भएकी थिइन् । उनी सिलाई–कटाई जस्ता सिप मूलक तालिमहरुको समेत कुशल प्रशिक्षक हुन् ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट कञ्चनपुर क्षेत्र नं. ३ को मा नेपाल महिला संघको क्षेत्रीय सभापतिमा निर्वाचित नेतृ जोशी १३ औं महाधिवेशनबाट पनि सभापनिमा नै विजय भएकी थिइन् ।
१४ औं महाधिवेशनमा उनी ३ नं. क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनलाई २०७४ सालको स्थानीय निर्वाचनको घाइते स्वरुप पार्टीले पुनः दोधारा–चाँदनीको उपमेयर पदको उम्मेदवार बनाएको हो ।