ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठकृषिनिरंकुश शाही शासन विरुद्धको आन्दोलनमा ८ महिने गर्भशिशु गुमाएकी कांग्रेस नेतृ लेखक...

निरंकुश शाही शासन विरुद्धको आन्दोलनमा ८ महिने गर्भशिशु गुमाएकी कांग्रेस नेतृ लेखक उपमेयरकी उम्मेदवार

महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा जेठो र जनसंख्याका आधारमा ठुलो स्थानीय तह हो, भीमदत्त नगरपालिका । नेपाली कांग्रेसबाट भीमदत्त नगरपालिकाको नगर प्रमुखमा पदम बोगटी र उप–प्रमुखमा निलम लेखक जोशीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति पदम बोगटी २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका सुरेन्द्र बिष्ट संग झिनो मन्तान्तरले पराजित भएका थिए ।

नेपाली कांग्रेसबाट २०७४ कै स्थानीय निर्वाचनमा निलम लेखक जोशी भीमदत्तमा उप–प्रमुखको प्रबल दाबेदार थिइन् । त्यसबेला पार्टीले शुसिला सिंह चन्दलाई उप–प्रमुखको टिकट दियो । तरपनि कांग्रेस नेतृ लेखकले पार्टीको निर्णयलाई सहर्ष स्विकार गर्दै आफ्ना उम्मेदवारहरुलाई जिताउन अहोरात्र खटिएकी थिइन् ।

कांग्रेस नेतृ लेखकको राजनीतिक संघर्षः
नेपाल विद्यार्थी संघको विद्यालय इकाई कमिटि सदस्यबाट २०५० सालमा उनले विद्यार्थी राजनीति सुरुवात गरिन् । घटाल माविबाट कांग्रेस नेतृ लेखकको राजनीतिक यात्रा प्रारम्भ भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखक पहिलो पटक कञ्चनपुर क्षेत्र नं. ३ बाट २०५६ मा संघीय चुनाव लड्दा नेतृ निलम लेखकले उनको प्रचार–प्रसार समितिको सदस्य रहेर काम गर्ने मौका पाइन् ।

नेतृ लेखक २०५७ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अञ्चल कमिटि सदस्य भइन् । कांग्रेस नेतृ लेखकको नेतृत्वमा २०५९ सालमा नेपाल प्राविधिक मजदुर संगठनको स्थापना भयो । कञ्चनपुरका नेता तथा विभिन्न श्रमिकहरुको संघर्षले स्थापना भएको उक्त संगघनको उनी स्थापक अध्यक्ष समेत हुन् ।

२०६१ मा नेपाल प्राविधिक मजदुर संगठन नेपाली कांग्रेसको भातृ संगठन नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघमा समाहित हुँदा कांग्रेस नेतृ लेखक २०६५ मा उक्त संघको उपाध्यक्ष र दोस्रो कार्यकालका लागि उनी जिल्ला अध्यक्ष भइन् । त्यहि शिलशिलामा उनी उक्त संघको २०६६ मा महिला विभागको केन्द्रीय उपाध्यक्षमा चयन भइन् ।

कांग्रेस नेतृ तथा भीमदत्त नगरपालिकाको उप–प्रमुख पदको उम्मेदवार लेखक २०६० मा नेपाल तरुण दलकाको केन्द्रीय पार्षद हुँदै केन्द्रीय सदस्यमा गोलापर्थाबाट पराजित भइन् । उनले २०६४ मा महिला तथा बाल बालिका विकास केन्द्र सञ्चालनमा ल्याइन् । महिला तथा बालबालिकाको हक अधिकारका लागि आवाज उठाउन उनले आफ्नै अध्यक्षतामा महिला तथा बाल बालिका विकास केन्द्र खोलिन्, उक्त संस्थाले आजसम्म पनि सक्रिय रुपमा काम गर्दै आइरहेको छ ।
कांग्रेस नेतृ लेखकले २०६२/०६३ को जनआन्दोलनमा नेपाल प्रहरीको र्बबर दमन तथा कुटपिटबाट पेटमा रहेको आठ महिने शिशु हत्या जस्तो ह्दय विदारक पिडा सह्य गरेकी थिइन् । ०६२ चैत्र ३१ गते महेन्द्रनगरको मदनचोकमा तत्कालिन निरंकुश शाही सत्ता बिरुद्ध सडक आन्दोलनमा उत्रिएकी आठ महिने गर्भवती कांग्रेस नेतृ लेखकमाथि प्रहरीले ‘बुट’ बजार्दै शिशुको भुर्णहत्या भएके थियो ।

उक्त जनआन्दोलनमा प्रहरीको कुटपिटबाट पेटमा रहेको शिशुको हत्या भएपछि घर–परिवारबाट समेत आफुले निकै अपहेलित हुनुपरेको उनी बताउछिन् । ‘श्रीमानको साथ सहयोग र राजनीति प्रतिको उत्साहले मात्रै म अहिले जिवित छु, नत्र मेरो के हालत हुन्थ्यो मलाई नै थाँहा छैन् ।’ कांग्रेस नेतृ लेखकले भनिन–‘त्यो जनआन्दोलनमा मैले पेटमा रहेको आठ महिनाको बच्चा गुमाए, प्रहरीको बुट खाए, त्यो घटनापछि घर परिवारमा सासुआमाले मेरो हातको पानी समेत खान छेड्नु भयो । बाहुनकी छोरी भएर प्रहरीको बुट खाएर आइस, तेरो हातको पानी के खानु जस्ता कयौंन तनावहरु मैले सहेकी छु ।’

 

भीमदत्तको उप–प्रमुख पदका उम्मेदवार लेखक गरिब परिवारबाट संघर्ष गर्दै आएकी नेतृ हुन् । उनले घरपरिवार पाल्नकै लागि एक ठेला (खोका)बाट व्यापार व्यवसाय गर्दै आएको इतिहास छ । व्यवसायकै शिलशिलामा सिलाई–कटाईको काम गरेको समेत समेत उनलाई अनुभव छ ।

उनका श्रीमान राम प्रसाद जोशी एक कुशल इलेक्ट्रिसियन हुन् । श्रीमानको कामबाट नै प्रभावित भएर कांग्रेस नेतृ लेखकले लामो समय इलेक्ट्रिसियनको काम र प्रशिक्षण कक्षा समेत चलाएकी थिइन् । कुनै समयमा श्रमिकहरुको चेतना र स्तरबृद्धिकालागि विभिन्न समयमा इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी र पलम्बिङ्ग जस्ता सिपमूलक तालिमहरु समेत सञ्चालन गरेको कांग्रेस नेतृ लेखक बताउछिन् ।

महिला तथा बालबालिकाको हक अधिकारकालागि हर प्रहर आवाज उठाउने नेतृ लेखक भीमदत्त नगरपालिकाको उप–प्रमुख (उपमेयर) पदकोलागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुन् ।

नेपाली कांग्रेसको ११ औं महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट क्षेत्रिय कोषाध्यक्ष रहेकी उनी १२ औं महाधिवेशनमा जिल्ला सदस्यपदमा २ मतले पराजित भएकी थिइन् । कांग्रेको १४ औं महाधिवेशनमा उनी कञ्चनपुरक्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिजिनधि र सुदूर पश्चिम प्रदेश कमिटिमा विजय भएकी हुन् ।

नेपाली कांग्रेसले नेतृ लेखकको त्याग, तपस्या र पार्टी प्रतिको लगानीका कारण २०६९ सालको बैशाख ३० गते हुँने स्थानीय निवार्चनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट नगर उप–प्रमुखको उम्मेदवारको रुपमा खडा गरेको छ । भीमदत्तको समग्र विकास निर्माण र व्यवस्थित गाउँ–सहर, शिक्षा, स्वास्थ्य, सडक र विद्युतीकरणमा आमुल परिवर्तन तथा सुधारका लागि आफुलाई नगर उप प्रमुखमा मतदान गर्नहुन नेतृ लेखकले अपिल गरेकी छिन् ।

ताजा समाचार

AllEscort