ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठराष्ट्रियब्यवसायिक बाख्रा पालनबाट स्थानियको जिवन स्तर उकास्दै निर्धन उत्थान

ब्यवसायिक बाख्रा पालनबाट स्थानियको जिवन स्तर उकास्दै निर्धन उत्थान

दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय दोधारा चाँदनीले संचालन भएको ३ दिने व्यवसायिक बाख्रा पालन तालिमको सम्पन्न भएको छ् । ऊक्त कार्यत्रममा दोधारा चाँदनी नगरपालिकाका १ देखि १० वडाका संस्था संग आबद्ध ३० जना सदस्यहरुको उपस्थिती रहेका थिए । कार्यक्रम मा दोधारा चाँदनीका नगर प्रबक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिल बहादुर सिजालीले नेपालकै ठुलो संजाल रहेको यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले दोधारा क्षेत्रमा पनि आफ्नो शाखा स्थापना गरी बिगत ७ वर्ष देखि वित्तिय सेवा प्रभावकारी रुपले दिदै आएको प्रति संस्थालाई नगरपालिकाको तर्फबाट धन्यवाद ब्यक्त गरेका थिए । अध्यक्ष सिंजालीले समुहमा अनुशासन कायम गर्नु पर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट पारेका थिए । बैंक वित्तिय संस्थाबाट आफुलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनु पर्ने, अन्य फजुल खर्च गर्नु नहुने तथा उत्पादन मुलक परियोजनामा लगानी गरेर आफ्नो आय वृद्धि गरी जीवन स्तर माथी उकास्नु सबै लाग्नु पर्नेमा उनले जोड दिएका छन् ।

अगामी दिनमा यस क्षेत्रमा रहेका वित्तीय संस्थाहरु संग समन्वय गरि नगर क्षेत्रका जनताहरुको क्षमता अभिबृद्धि, विक्तीय सचेतना लगाएतका कार्यत्रमहरुलाई वृद्धि गर्दै लैजाने पक्षमा समेत जोड दिएका थिए । दोधारा चाँदनी नगरपालिका कार्यालय पशु सेवा शाखाका प्रमुख कृष्ण सिंह साँउदले कृषकहरुलाई कृषि क्षेत्रबाट आत्मनिर्भर हुनु पर्ने र व्यवसायिक रुपमा बाख्रा पालन गर्ने कृषकलाई अनुदान समेत दिने बताएका थिए । कार्यक्रममा सहभागीको तर्फबाट दोधारा चाँदनी ९ स्थित पुर्णागिरी महिला समुहका सदस्य मनका सुनुवारले निर्धनले वित्तीय कारोबारका साथै व्यवसायिक तथा सिपमुलक कार्यक्रममा सहभागी हुन पाएकोमा प्रति खुशी ब्यक्त गर्दै अगामी दिनमा पनि यस्तै किसिमको व्यवसायिक तालिमहरुमा सहभागी हुने अपेक्षा राखेकी थिइन । कार्यक्रममा शाखा प्रमुख जीत नारायण चौधरीले स्व. डा. हरिहर देव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरुलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पुर्‍याउन पहिलो पटक विना धितो लघुविक्तको शुरुवात गरी आम गरिव व्यत्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रुपमा पुर्‍याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गरेका थिए । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विनाधितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागी, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान/राहत, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोरा, छोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान/राहात, सदस्यलाई पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान/राहातर ऋणी सदस्यतथा संरक्षक (पति) को मृत्यु हुदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउदै आएको छ् ।

ताजा समाचार

AllEscort