ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठराष्ट्रियजिवन स्तर उकास्न निर्धन उत्थानको व्यवसायिक बाख्रा पालन तालिम

जिवन स्तर उकास्न निर्धन उत्थानको व्यवसायिक बाख्रा पालन तालिम

दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय दोधारा चाँदनीले ३ दिने व्यवसायिक बाख्रा पालन तालिम संचालन गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा शाखाकोरुपमा स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि संस्थामा आबद्ध रहेका सदस्यहरुलाई ३ दिने व्यवसायिक बाख्रा पालन तालिम संचालन गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । तालिमको उद्धघाटन दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनारले गरेका थिए । दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाका संस्था संग आबद्ध ३० जनाको तालिमका सहभागी रहेका थियो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादूर सुनारले अप्ठारोमा परेका जनतालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक तथा सामाजिक क्षेत्रमा ठुलो सहयोग पुगेको बताएका छन् । सहभागीहरुले तालिमको महत्व बुझेर तालिम पश्चात आफुले सिकेका कुरा ब्यवहारमा उतार्न नगर प्रमुख सुनारले जोड दिएका थिए । संस्थाले प्रत्येक शाखामा आबद्ध भएका सदस्यहरुका छोरा र छोरी मध्येवाट प्रत्येक वर्ष १२ कक्षा उर्त्तीण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उदेश्यले छात्रवृत्ति फ्रदान गर्दै आईरहेको छ् । यसै क्रममा बित्रम सम्वत २०७८ मा १२ कक्षा उत्तीर्ण गरेका शाखाका सदस्यहरुका छोरा, छोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्रा गरि दुई जना विद्यार्थीहरुलाई संस्थाले छात्र तर्फ दोधारा चाँदनी–८ अर्न्तगत देउराली महिला समाज केन्द्र नं. १ सय ७ का सदस्य गिता रोकायाका छोरा अभिषेक रोकायालाई र छात्रा तर्फ दोधारा चाँदनी–५ अर्न्तगत बिष्णु नगर महिला समाज केन्द्र नं. २६ की सदस्य पुष्पा देबी जोशीका छोरी ज्योति जोशीलाई जनही रु. ६ हजारका दरले कुल रकम रु. १२ हजार सहित प्रमाण पत्र अभिषेक रोकाया र ज्योति जोशीलाई दोधारा चाँदनी नगरपालिका का नगर प्रमुख बिर बहादुर सुनार र नगर उपप्रमुख चिनी गिरी ओझाद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । ग्रामिण क्षेत्रका लक्षित वर्ग सम्म प्रभावकारीरुपले वित्तीय तथा गैरवित्तीय सेवाप्रदान गरी विपन्नलाई आत्मनिर्भर बनाई लघुउद्यमी र साना उद्यमीमा परिणत गर्न सहयोग पुर्याई रहेको भन्दै नगरप्रमुख तथा उपप्रमुखले धन्यबाद दिएका थिए । कार्यक्रममा शाखा प्रमुख जीत नारायण चौधरीले स्व. डा. हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरुलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पुर्‍याउन पहिलो पटक बिनाधितो लघुविक्तको शुरुवात गरी आम गरिव व्यत्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रुपमा पुर्‍याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गरेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित भानु माध्यमिक बिद्यालयमा संचालन भएको ३ दिने व्यवसायिक बाख्रा पालन तालिममा संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरुलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागी, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरुलाई आर्थिक अनुदान/राहत, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोरा छोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान/राहत, सदस्यलाई फाठेघरको शल्यव्रिया गरेको अवस्थामा आर्थिक अनुदान/राहातर ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट संस्थाले मुक्त गराउदै आएको बताईएको छ् ।

ताजा समाचार

AllEscort