ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअन्तर्वार्ताकञ्चनपुरमा चुनावी माहोललाई भय रहित र सुरक्षित बनाउछौंः एसपी चौधरी

कञ्चनपुरमा चुनावी माहोललाई भय रहित र सुरक्षित बनाउछौंः एसपी चौधरी

महेन्द्रनगर । चुनावी माहोललाई भय रहित र सुरक्षित बनाउन कञ्चनपुर प्रहरीले तयारी थालेको छ । आगामी बैशाख ३० मा हुँने स्थानीय निर्वाचनकोलागी कञ्चनपुर प्रहरीले सुरक्षाको रणनीति थालेको छ । कञ्चनपुरका ३ सय ४० ओटै मतदान केन्द्रमा प्रहरीले राम्रो सुरक्षा प्रबन्ध गर्ने एसपी चौधरीले बताए ।

१ हजार भन्दा बढी प्रहरी र १५०० म्यादी प्रहरी निर्वाचनमा खटिने उनले बताए । ‘चुनावी माहोललाई भय रहित र सुरक्षित बनाउन प्रहरी कुनै कसरत छोड्दैन । मतदाता र उम्मेदवारका लागि सुरक्षामय वातावरण बनाउछौं ।’ कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीले भने ।

निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावली अनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या २ लाख ९५ हजार ३५४ रहेको छ ।

जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । अन्यमा एक जना मतदाता रहेका छन् । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले बढी छ । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन् ।

अपराध नियन्त्रणगर्न सिसिटिभी क्यामेराः
कञ्चनपुर प्रहरीले जिल्लामा अपराध नियन्त्रणका लागि निगरानी बढाएको छ । अपराधजन्य गतिविधीमाथि निगरानी राख्न कञ्चनपुर प्रहरीले ‘प्रोएक्टिभ मेथड’ अनुरुप सिसिटिभी क्यामेरा जडान कार्यलाई प्राथमिकता दिएको छ ।

जिल्लामा रहेको महेन्द्र राजमार्ग र महेन्द्रनगर बजारका विभिन्न चौकहरुमा १ सय ८२ ओटा सिसिटिभी क्यामेरा जडान गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी श्याम सिंह चौधरीले बताए । कञ्चनपुरका सुरक्षा थ्रेट भएका सडक, चौक, चौतारो, बजार, लगायतका क्षेत्रहरुमा सिसिटिभी क्यामेराहरु जडान गरिएको प्रहरी प्रमुख एसपी चौधरीले बताए ।

१ सय ८२ सिसिटिभी क्यामेरा जडान गरिएकोमा अझै ४२ ओटा थप गर्न लागिएको छ । जिल्ला प्रहरी कार्यालयबाट नै कन्ट्रोल गरिने उक्त सिसिटिभी क्यामेराहरुबाट सम्भावित अपराधिक गतिविधीहरुको नियन्त्रणका लागि प्रहरीलाई सहयोग मिल्ने छ ।

सहर, बजारहरुलाई स्मार्ट सिटी बनाउनका लागि पहल गरिनुपर्ने एसपी चौधरीले बताए । ‘हाम्रो गाँउ ठाँउलाई स्मार्ट सिटी बनाउनका लागि सबै निकायबाट पहल गरिनु पर्छ । टेक्नो–फ्रेण्ड्ली प्रविधि अपनाउनु पर्छ ।’ प्रहरी प्रमुख एसपी चौधरीले भने–‘त्यसपछि सम्भावित अपराधलाई समेत नियन्त्रण गर्न सकिन्छ । सुरक्षा निकाय संग सबैले सहयोगी भूमिका निर्वाह गरे समाजमा अपराधका घटना नियन्त्रण र न्यूनिकरण गर्न सकिन्छ ।’

 

 

ताजा समाचार

AllEscort