ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअर्थदोधारा-चाँदनीमा किशोरी सञ्जाल गठन: अध्यक्षमा भट्ट

दोधारा-चाँदनीमा किशोरी सञ्जाल गठन: अध्यक्षमा भट्ट

महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनीमा पहिलो पटक किशोरी सञ्जाल गठन भएको छ । बेदकोट नगर किशोरी सञ्जालको आयोजना तथा समन्वयमा दोधारा–चाँदनीमा पहिलो पटक किशोरी सञ्जाल गठन भएको हो ।

लक्ष्मी भट्टको अध्यक्षतामा दोधारा–चाँदनीमा उक्त सञ्जाल गठन भएको छ । प्रत्येक वडाहरुको प्रतिनिधित्व हुँने गरी सञ्जाल गठन गरिएको जनाइएको छ । दोधारा–चाँदनी नगरपालिकाको अभिवावकत्वमा उक्त सञ्जालले वडास्तरमा पनि आफ्नो कमिटि गठन गर्नेछ ।

सोमबार गठित तदर्थ समितिको अध्यक्षमा लक्ष्मी भट्ट, सचिवमा दुर्गा बढवाल कोषध्यक्षमा ममता पन्त र अन्य १२ जना सदस्यहरुमा चयन भएका छन् । उक्त किशोरी सञ्जाल गठन कार्यक्रममा दोधारा–चाँदनीका नगरप्रमुख बिरबहादुर सुनार, निड्स नेपालकी अध्यक्ष अञ्जु भट्ट, विभिन्न वडाका वडाध्यक्ष, कार्यालय प्रमुख गणेश मिश्र र । बेदकोट नगर किशोरी सञ्जालकी अध्यक्ष मञ्जु धामी लगायतको उपस्थिती रहेको थियो ।

 

 

ताजा समाचार

AllEscort