ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठराजनीतिभीमदत्त-१ को वडा कार्यालय भवन उद्धघाटन

भीमदत्त-१ को वडा कार्यालय भवन उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । आइतबार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित भवनको उद्धघाटन गरेका हुन् ।

वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) को अध्यक्षतामा आयोजित एक समारोहकाबिच भवनको उद्धघाटन गरिएको हो । भवनको उद्धघाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले वडाको सेवालाई प्रभावकारी बनाउन भवन निर्माण गरिएको बताउनु भयो ।

उनले नगरपालिका सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरिएको बताउनु हुदैँ ‘स्थानीय सरकारको नेतृत्वमा आई सकेपछि हामीले पहिलो निर्णय वडास्तरबाट जनतालाई सेवा दिने गरेका थियौँ ।, बहालका घरमा कार्यालय सञ्चालन गरेका थियौँ, अहिले सबै वडामा आफ्नै भवन निर्माण भएका छन् ।’ उनले भने ‘नगरपालिकाले सहकार्य र साझेदारीको भावनाका साथ विकास निर्माण कार्यलाई प्राथमिकताका दिएर काम गरिरहेको छ ।’

भीमदत्तमा १७ वडा कार्यालय भवन निर्माण गरि सञ्चालन आएका छन् भने तीन वडा कार्यालय निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै वडाध्यक्ष कुवँरले स्थानीय सरकारको नेतृत्व वडामा आए संगै थुप्रै विकास निर्माणका कामहरु भएको बताए । आफु वडामा निर्वाचित भएर आएदेखि गरिब, असहाय, अपाङ्ग, एवं बृद्धबृद्धामुखी भएर काम गर्दै आएको वडाध्यक्ष कुवँरले बताए । भौतिक पूर्वाधार अन्तर्गत सडक विस्तार देखि कालोपत्रे सम्म, खन्याखोलामा मोटर्रेवल पुल, विद्युतिकरण, खानेपानी, शिक्षा–स्वास्थ्य क्षेत्रको स्तरोन्नती र स्थानीय युवाहरुलाई कर्मशिल बनाउनका लागि वडाध्यक्ष कुवँर वडाबासीलाई स्वरोजगारको प्रबन्ध गर्न समेत सफल भएका छन् ।

वडाध्यक्ष कुँवरले पाँच वर्षे कार्यकालको सम्पूर्ण तलब भक्ता वडाका असाहय तथा बृद्धबृद्धाहरुलाई निरन्तर वितरण गर्दै आएका छन् ।

ताजा समाचार

AllEscort