ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअन्तर्वार्ताशान्ति सुरक्षा र लागुऔषध नियन्त्रणमा एसपी चौधरीको कौशलता

शान्ति सुरक्षा र लागुऔषध नियन्त्रणमा एसपी चौधरीको कौशलता

ऐश्वया कुँवर । महेन्द्रनगर । जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले कञ्चनपुर जिल्लाको पछिल्लो समयको सुरक्षा व्यवस्था निकै सामान्य, शान्त सुरक्षित रहेको बताएका छन् । आभाषकुञ्ज दैनिक संग कुरा गर्दै प्रहरी प्रमुख चौधरीले कञ्चनपुरको पछिल्लो समयको सुरक्षा व्यवस्था निकै सामान्य सुरक्षित शान्त रहेको बताएका हुन् ।

समाजमा अपराध हुनुभनेको धुव्र सत्य कुरा भएपनि अरु जिल्लाको तुलानामा हेर्दा कञ्चनपुर जिल्लामा अपराध कम रहेको चौधरीले बताए । कञ्चनपुरमा अपराधिक क्रियाकलाप कम भयता पनि यो कम रहेको अपराधलाई अझै ओरालो लगाउन कञ्चनपुर प्रहरीले २ वटा योजनामा टेकेर काम गर्ने चौधरीको भनाई रहेको छ ।

पहिलो योजना छ कुनै पनि अपराधिक क्रियाकलाप हुननदिने त्यसको लागि नागरिक साझेदारी बढाउने, गस्ती, फट्रोल,मोबाईल,अन्तरक्रिया कार्यत्रम,सिसि टिभि क्यामराको प्रयोग, शैक्षिक क्षेत्रमा विद्यार्थीहरुसंग साझेदारी बढाएर उनिहरुलाई असल नागरिक बन्नुपर्छ गतल काम गर्नु हुदैन कुनै अपराधिक क्रियाकलाप हुन्छ भने प्रहरीलाई खबर गर्नुपर्ने जस्ता सुझाव सल्लाह तथा जनचेतना मुलक कार्यक्रम गर्ने र अकस्मात कुनै गम्भीर प्रकृतिका घट्ना घट्छ भने घटनाको निष्पक्ष अनुसन्धान गर्ने अनुसन्धान गर्दा मुख्य दोषि पत्ता लगाउने,त्यसलाई कानुन बमोजिमको कारवाहिको लागि प्रमाण संकलन गर्ने,त्यसको बयान लिने र सरकारी वकिल मार्फत जिल्ला अदातमा सजायको लागि उपस्थीत गराउने जस्ता पुलिसिङ्खले कञ्चनपुरलाई शुरक्षित बनाउने कञ्चनपुर प्रहरीको प्रयाश रहेको छ ।

कञ्चनपुर छिमेकी मूलुक भारत संग खुल्ला सिमानाका जोडिएको जिल्ला हो ।खुल्ला सीमाका कारण कञ्चनपुरमा लागुऔषध प्रयोगकर्ताको सख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । जिल्लामा लागुऔषध प्रयोगकर्ता तथा लागुऔषधको पेसेवरको सख्या बढेसंगै कञ्चनपुर प्रहरी लागुऔषध नियन्त्रका लागि योजनाबद्ध रुपमा अगाडी बढिरहेको छ ।

कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०७६।७७ मा लागुऔसध कारोबरमा ७७ जना पुरुष ३ जना महिला तथा ७ जना भारतीय नागरिक गरी जम्मा ८७ जना पक्राउ गरी ५५ जना कारोबारी माथि मुद्धा चलाईयको छ । त्यस्तै आर्थिक वर्ष २०७७।७८मा २सय १६ जना पुरुष ४जना महिला १० जना भारतीय गरी २सय ३० जनालाई पक्राउ गरेको र १सय ४१ जना माथि मुद्धा चलाएको छ ।

आर्थिक बर्ष २०७८।७९ फाल्गुन सम्म कञ्चनपुर प्रहरीले १सय ५१ जना पुरुष ३ जना महिला ४ जना भारतीय गरी १सय ५८ जनालाई पक्राउ गरी ९३ जना माथि मुद्धा चलाएको छ ।त्यस्तै कञ्चनपुर प्रहरीले आर्थिक बर्ष २०७७।७८मा कर्तव्य ज्यान मुद्धामा ९ जना महिला १९ जना पुरुष पक्राउ गरी १३ जनाामथि मुद्धा चलाएको छ ।

ज्यान मार्ने उद्योगमा ६ महिला ४१ पुरुष मुद्धा दर्ता २१ जना,जबरजस्ती करणी ६१ जना पुरुष मद्धा दर्ता ५३ जना,जबरजस्ती करणी उद्योगमा १४ पुरुष मुद्धा दर्ता १२,लागुऔष कारोबारमा २ सय ३४ मद्धा दर्ता १ सय ४१,अभद्र व्यावाहारमा ३ सय ४२ मुद्धा दर्ता २ सय ५,चोरी तथा लुटपाट ७१मद्धा दर्ता ४३,मानब बेचबिखन ७ मुद्धा दर्ता ३,ठगी तथा जालझेलमा ६ मुद्धा दर्ता भएका छन् ।

आर्थिक बर्ष २०७८।७९को फाल्गुन महिना सम्म कर्तव्य ज्यानमा २१ जना मुद्धा दर्ता ६,ज्यान मार्ने उद्योग ५२ मुद्धा दर्ता १७,जबरजस्ती करणी २३मद्धा दर्ता १८,जबरजस्ती करणी उद्योग ९ मुद्धा दर्ता ९,लागुऔषध कारोबारी पक्राउ १ सय ५८ मुद्धा दर्ता ९३,अभद्र व्यावहारमा पक्राउ २ सय ४८१ सय २० मुद्धा दर्ता,चोरी जालझेलमा ५३ पक्राउ मुद्धा दर्ता २६,मानब बेचबिखन तथा ओसारसिारमा १ जना पक्राउ गरी १ जनालाई मुद्धा दर्ता गरिएको छ ।

कञ्चनपुर प्रहरीले आर्थिक बर्ष २०७६।७७ मा भन्सारछलि गरेर ल्याएको ९४ लाख ३२ हजार ६ सय ३८ रुपैया अर्थिक बर्ष २०७७।७८ मा २ करोड ९० लाख ६७ हजार १ सय २४ र २०७८।७९ फाल्गुन सम्म १ करोड ५ लाख ५७ हजार ८ सय ५२ बराबरको समान बरामत गरी भन्सार चलान गरेको छ ।

लागुऔषध न्युनिकरण तथा नियन्त्रणका लागि कञ्चनपुरमा रहेका सबै सरोकारवाला निकायहरुसंग समन्वय तथा गर्दै आएको छ । विभिन्न सरकारी तथा गैर सरकारी निकाय आमासमुह, युवा क्लव शैक्षिकसंस्था, टोल विकास संस्था लगायतका संघ–संस्थाहरुले लागु औषध नियन्त्रणमा कञ्चनपुरप्रहरी कार्यालयको एक तथ्याङ्क अनुसार कञ्चनपुर जिल्लामा लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध कारोबारमा (पेसेवर) १८–देखि २० वर्ष उमेर समुहका युवाहरुको बढी संग्लनता रहेको देखिन्छ ।

कञ्चनपुरको गड्डाचौकी सीमा नाका तथा बेलौरी, बेलडाँडी तथा त्रिनगर नाकाबाट प्रहरीले ठुलोमात्रामा लागुऔषध नियन्त्रणमा लिईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्लामा प्रहरीसंग उपल्बध भएको स्रोत साधनको अधिकतम् प्रयोग गर्दै लागुऔषध नियन्त्रणलाई झनै प्रभावकारी ढङ्गले अगाडी बढाउदै लैजाने मिसन रहेको कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीको भनाई छ ।

कञ्चनपुरमा पछिल्लो समय साइबर अपराधका घटनाहरु समेत बढेका छन् प्रविधीले मानिसको बाच्ने दैनिक जिवन शैलिमा जति परिवर्तन तथा सहजिकरण गरेको छ, त्यत्ती नै प्रविधिले मानिसको जिवनमा मानसिक तथा शारिरीक असर समेत पुर्याएको छ । विश्वमा मोबाईल प्रयोगकर्ताको सख्या बढेसंगै ‘साइबर क्राइम’ का घटनाहरु दिन प्रतिदिन बढ्दो क्रममा छन् कोभिड–१९ ले विश्व आक्रान्त भए संगै शैक्षिक संस्था बन्दहुँदा बालबालिकाहरुमा मोबाईल चलाउने लतले हाल आएर विभिन्न किसिमका घटना तथा अपराधहरु निम्तिन थालेको कञ्चनपुर प्रहरीको तर्क छ ।

शैक्षिक संस्थाहरु पनि लामो समय बन्द रहेको अवस्थामा बालबालिकाहरु ले लकडाउनको समयमा मोबाईल फोनलाई ‘टाईम पासको’ साधनको रुपमा प्रयोग गरे, पछिल्लो समयमा मोबाईल फोनको गलत प्रयोगले बालबालिकामा नकारात्मक असर सिर्जना गरेको छ ।

मोबाईलको गलत पयोगको कारणले बालबालिकाहरुलाई पढ्न मन नलाग्ने, मोबाईलमा खेलिने डिजिटल खेलहरुमा लामो समय बिताउने, डिप्रेशनमा जाने, जिद्धि हुने, आमा बुवा घरपरिवारको कसैको भनेको बोलेको नमान्ने, सामाजिक सञ्जालबाट गालीगलैचमा अश्लील शब्दहरुको प्रयोग गर्ने, विभिन्न अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता घातक असरहरु बालबालिकामा पर्दै गएकोले बालबालिकाहरुलाई मोबाईल फोनको प्रयोबाट टाढा राख्न समेत कञ्चनपुर प्रहरीले आग्रह गरेको छ ।

 

 

 

ताजा समाचार

AllEscort