ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठअर्थमहेन्द्रनगरका व्यापारी आन्दोलितः वैकल्पिक व्यवस्थापन नहुँदासम्म सटर खाली गर्दैनौं

महेन्द्रनगरका व्यापारी आन्दोलितः वैकल्पिक व्यवस्थापन नहुँदासम्म सटर खाली गर्दैनौं

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमा एडिबीको आर्थिक सहयोगमा सडक बिस्तारका लागि कार्य थालिए संगै खानेपानी संस्थान कञ्चनपुरको गेट अगाडीको सटर भाडामा लिएर प्यापार व्यवसाय गर्दै आएका प्यापारीहरु आन्दोलित भएका छन् । बिहिवार उक्त व्यवसायीहरुले मान बहादुर कार्कीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् ।

भीमदत्त नगर विकास समितिले २ फागुनमा पसल खाली गर्न उक्त व्यवसायीहरुलाई पत्राचार गरेपछि, उनीहरु छोटो समय अवधीमा ठाँउको उचित व्यवस्थापन बिना नै सटर खाली गर्न भनेपछि समस्यामा परेका हुन् ।

आफुहरु विकास विरोधी नभएको तर सटर खाली गर्न समय निकै कम दिएका कारण अप्ठेरो परेको संर्घष समितिका सचिव केशब राज जोशीले बताए । ‘हामी ०४२ साल देखि निरन्तर समयमै सम्बन्धित निकायलाई भाडा बुझाएर बस्दै आएका छौं ।’ सचिव जोशीले भने–‘हामी विकास बिरोधी होइनौं, तर हामीलाई समय सहित उचित ठाउँमा व्यवस्थापन गरिदिनु पर्यो ।’

संघर्ष समितिको सहसंयोजकमा नारायणदत्त पन्त, सचिवमा केशव जोशी, सहसचिवमा रमेशदत्त भट्ट र कोषाध्यक्षमा तर्कराज जोशीलाई चयन गरिएको छ । यसैगरी सदस्यमा चन्द्रसिंह रावल, अम्वादत्त भट्ट, धर्मप्रसाद पाण्डेय, दिपक गुप्ता, पुष्पराज भट्ट, डम्मरदत्त पन्त, अशोकसिंह जिसी, बिक्रम विष्ट, निरज भट्ट, शिवराज जोशीलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यमै रमेशदत्त भट्ट, नरेन्द्रराज जोशी, पुष्पराज जोशी, राजबहादुर जोरा, चन्द्र बोहरा, सुरेन्द्रप्रसाद भट्ट र डबलसिंह दमाई रहेका छन् । खानेपानी संस्थानको गेटमै रहेका पसल सञ्चालकहरुको भेलाले संघर्ष समिति गठन गरेको हो ।

वैकल्पिक व्यवस्थापन नहुँदासम्म सटरहरु खाली गर्न नसकिने उनीहरुले जनाएका छन् । आइतबार सबै सरकारी कार्यालय र पार्टी कार्यालयहरुमा निवेदन दिने संघर्ष समितिले निर्णय गरेको छ ।

 

ताजा समाचार

AllEscort