ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ असार २०, सोमबार
गृहपृष्ठराष्ट्रियभीनपा–१ खन्याखोलामा मल्टी ट्रस्ट पुलको शिलान्यास

भीनपा–१ खन्याखोलामा मल्टी ट्रस्ट पुलको शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १ स्थित खन्या खोलामा मल्टी ट्रस्ट पुल बन्ने भएको छ । झण्डै ५८ लाखको लागतमा खन्या खोलामा पक्की पुल बन्न लागेको हो । ४८ मिटर लम्बाई, १.५ मिटर चौडाईको पक्की पुल खन्या खोलामा बन्न लागेको भीनपा–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु)ले बताए ।

बुधवार उक्त खन्याखोला मल्टी ट्रस्ट पुलको सिलान्यास गरिएको हो । भीनपा–१ का वडाध्यक्ष आसेफ कुवँर र भीनपा–३ का वडाध्यक्ष राम बहादुर जप्रले उक्त पुलको शिलान्यास गरेका हुन् । नेपाल सरकारको सशर्त अनुदानमा उक्त पुल बन्न लागेको वडाध्यक्ष कुवँरले बताए । गणेश बहादुर बिष्टको अध्यक्षतामा बनेको उपभोक्ता समितिले उक्त पुल निर्माणको जिम्मा पाएको छ ।

खन्या खोलामा पक्की पुल नहुँदा भीनपा–१ बाह्रकुण्डा लगायतका बासिन्दाहरुले महेन्द्रनगर बजार आवत जावत गर्न खोला तर्नुपर्ने बाध्यता थियो । उक्त ठाँउका बासिन्दाहरुले भाँसी हुँदै राजमार्गको बाटो मार्फत महेन्द्रनगर बजार पुग्नु पर्ने समस्या थियो ।

खन्या खोलामा पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । अबको एक वर्ष भित्रै उक्त पुलको निर्माण सम्पन्न हुँने उपभोक्ता समितिका अध्यक्ष बिष्टले बताए ।

ताजा समाचार

AllEscort