ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठराजनीतिदोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मतदाता परिचय पत्र बनाउन छुटेका बिपन्न तथा गरिब परिवारलाई मेहन्द्रनगर स्थित निर्वाचन कार्यालय सम्म जाने सहित एक छाक खाने ब्यवस्था गरेका सामाजसेवी तथा नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले गत १७ मंसिर देखि मतदाता नामावली संकलन थालेको हो । गत १७ मंसिर देखि दोधारा, बेदकोट, बेलौरी, कृष्णपुरमा पहिलो चरण र शुक्लाफाँटा, लालझाँडी, बेलडाँडीमा ४ पुष देखि मतदाता नामवली संकलन कार्य सकेको छ् । दोधारा चाँदनी नगरपालिकामा छाटो समयको लागी मतदाता परिचय पत्र बनाउने कार्य भएको भन्दै म्याद थप्न स्थानियहरुले माँग गर्दै आएका थिए । छोटो समयको कारण मतदाता परिचय पत्र बनाउने कार्य अधिकांश स्थानियहरुको छुटेको कारण दोधारा चाँदनीका स्थानियहरु जिल्ला निर्वाचन कार्यालय महेन्द्रनगर पुगेर मतदाता परिचय पत्र बनाउदै आएका हुन् ।

अझै पनि धेरै जनाको मतदाता परिचय पत्र बनाउनबाट बन्चित रहेको भन्दै सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले दोधारा चाँदनी नगरपालिकाका बिभिन्न टोल बस्तीमा दैनिक बस सेवा संचालन गरेका छन् । बसबाट महाकाली झोलुङ्गे पुल सम्म पुगाउने त्यसपछि महाकाली झोलुङ्गे पुलबाट अटो रिक्साबाट जिल्ला निर्वाचन कार्यालय सम्म मतदाता परिचय पत्र बनाउने निशुल्क ब्यवस्था गरिएको नेता भिम कुमालले बताएका छन् । घर देखि महेन्द्रनगर जान सम्म निशुल्क यातायातको ब्यवस्था संगै मतदाता परिचय पत्र बनाउन आउने प्रत्येकलाई एक छाक होटेलमा खानाको ब्यवस्था गरिएको उनले बताएका । आर्थिक संकट भएका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउनबाट नछुटुन भन्ने अभिप्रायले उनिहरुलाई निशुल्क यातायात तथा खानपानको ब्यवस्था गरिएको बताईएको छ् ।

‘मतदाता परिचय पत्र बनाउन छुट्नु भएका व्यक्तिहरुको मतदाता परिचय पत्र बनाउने अभियानमा अन्तिम तिर, आज विभिन्न वडाहरुबाट ८५ जनाको मतदाता परिचयपत्र बनाइयो । सुचनाको कारण, आर्थिक समस्याको कारण विभिन्न कारणले छुट्नु भएका गरिब, बिपन्नहरु लाई परिचय पत्र बनाउनमा नि:शुल्क सहयोग गर्दै आज १० औं दिन, मतदाता परिचय पत्र बनाउन छुट्नुभएका व्यक्तिहरुको पहिचान गरि पठाईदिनुहुने सहयोगी सम्पुर्ण साथीहरुलाई धेरै–धेरै धन्यवाद । ‘मेरो मत अधिकार’ अभियानमा सहभागी बनौं’ सामाजसेवी भिम कुमालले सामाजिक संजालमा लेखेका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको पहिलो लहर देखि सामाजिक कार्यमा चर्चामा रहदै आएका भिम कुमालको यो सामाजिक कार्यलाई सबैले प्रशंसा गरेका छन् ।

ताजा समाचार

AllEscort