ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठमुख्य समाचारदोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती संगै छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ को सुन्दनगर र १० को अठार नम्वर पिल्लर नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतिय सिमा सुरक्षा बल (एसएसबी) को सयुक्त गस्ती संचालन गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । बढ्दो ओमिक्रोनको संक्रमण संगै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्धेश्यले सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवर) र भारतिय सिमा सुरक्षा बल एसएसबी बिच सिमा गस्ती सहित छलफल गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवर) ले जनाएको छ् । सिमा स्तम्भ संख्या ७९३/१ बिपी २१ देखी ७९६/२२१७ मुख्य जंगे पिल्लर सम्म नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतिय सिमा सुरक्षा बल (एसएसबी) को सयुक्त गस्ती संचालन गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवर) का ईन्चार्ज सई दान सिंह बिष्टले बताएका छन् ।

छलफलमा भारतको तर्फ देखि भारतिय सिमा सुरक्षा बल एसएसबी नौजलिया कम्पनी हेडक्वाटरका एसी सुरेश कुमार पाठेधर, उत्तर प्रदेश पिलिभित, कलिनगरका एसडिएम कार्यालयका एसडिएम रितुराज राजबंशी, भारत उत्तर प्रदेश प्रहरी पुरनपुरका सिओ बिरेन्द्र बिक्रम सिंह रहेका थिए भने, नेपालका तर्फबाट सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवर) का ईन्चार्ज सई दान सिंह बिष्ट तथा सुरक्षाकर्मीहरु रहेका थिए । भारतिय सुरक्षा अधिकारीहरु सिमा क्षेत्रको अवलोकन गर्ने क्रममा छलफल र सिमा गस्ती संचालन गरिएको बताईएको छ् । सिमा अतिक्रमण, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध संगै बढ्दै गरेको कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन रोकथाम तथा नियन्त्रण गर्न दुबै देशका सुरक्षा अधिकारीहरुले प्रतिबद्धता जाहेर गरेका छन् । कोरोना संक्रमणको नयाँ भेरियन्टले बिश्वनै सन्त्रास रहदै आएको अवस्थामा सिमा क्षेत्रमा आवातजावतलाई कडाईका साथ रोक्न तथा सिमा क्षेत्रका बस्तीहरुमा हिडडुल गर्नेहरुलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउने ‘कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणको लागी सीमामा अनियन्त्रित अवागमन रोक्नका लागि भारतीय सिमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरीले थप सिमा कडाई गर्ने भएको छ्’ सुरक्षा श्रोतले भन्यो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले कोरोना संक्रमणको नयाँ भेरियन्ट नियन्त्रण तथा रोकथामको लागी दोधारा चाँदनी नगरपालिका संग जोडिएको खुला सिमा क्षेत्रमा आवतजावत नगर्न र तोकिएको सिमा नाकाबाट आवतजावत गर्न सबैलाई निर्देशन गरिसकेको अवस्थामा दुबै देशका सुरक्षा अधिकारीहरुले समेत यस्तो कदम चालेका हुन् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको भारतको झण्डै ३५ किलोमिटरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको थोरै जनशक्ती भएको कारण खुला सिमा क्षेत्रमा आवतजावतमा रोक लगाउन सकस भएको हो । सिमा वारी र पारीका बजारहरुमा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमै फैलिरहेको भएपनि सिमामा मानिसहरुको ओहोरदोहोर रोक्न प्रशासन अझै पनि गम्भीर नभएको एकथरीको भनाई रहेको छ् । कोरोनाको संक्रमणबाट जोगिन विभिन्न योजना बनाएर अघि बढीरहदा दोधारा चाँदनी संग जोडिएको खुला सिमाना मुख्य चुनौती बनेको देखिन्छ् ।

ताजा समाचार

AllEscort