ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठअर्थपारस्पारिक जवाफदेहितामा शुदूरपश्चिमलाई जोड्दै संजीवनी नेपाल

पारस्पारिक जवाफदेहितामा शुदूरपश्चिमलाई जोड्दै संजीवनी नेपाल

महेन्द्रनगर । कञ्चनपुर लगायत ३ जिल्लामा कार्यक्रम गर्दै आएको संजीवनी नेपालले मिडिया संगको साझेदारी बढाउने भएको छ ।

सोमबार कञ्चनपुरका पत्रकारहरु संग भेटघाट गर्दै संजीवनी नेपालकी कार्यकारी निर्देशक नितु भट्टले पहुँच नभएका र विभिन्न घटनाहरुमा सहायता नपाएका नागरिकहरुकालागि आफ्नो संस्था सहयात्री बन्ने कोशिस गरिरहदा मिडियाको पनि साथ आवश्यक रहेको बताएकी छिन् ।

समाजमा रहेका असहाय, अपांग, दलित, आदिवासी र सरोकारवाला निकायहरु संग पहुँच नपुगेका नागरिकहरुको हक हितमा संजीवनी नेपालले काम गर्दै आएको र त्यसलाई निरन्तरता दिनका लागि मिडिया क्षेत्रको झनै शसक्त भूमिका हुनुपर्नेमा निर्देशक भट्टले जोड दिएकी छिन् ।

विगत लामो समय देखि पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत काम गर्दै आएको संजीवनी नेपालले समाजका विविध पक्षलाई समेटेर मिडिया संगको सहकार्यमा अगाडी बढ्ने जनाएको छ ।
कुनै पनि नागरिक संघ–सस्थाहरुले गरेका सम्पुर्ण अर्थपुर्ण कामहरुको मुल्याङ्कन सञ्चार माध्यमबाट आम जनमानस सामु स्पष्ट रुपमा प्रस्तुत गरिदिनका लागि निर्देशक भट्टले मिडिया र सञ्चारकर्मीहरु संग समन्वयात्मक रुपमा अगाडी बढ्न जरुरी रहेको बताएकी छिन् ।

उक्त संस्थाले पारस्पारिक जवाफदेहिता परियोजना मार्फत सुदुरपश्चिमका कञ्चनपुर डडेल्धुरा र बैतडीमा काम गर्दै आएको संजीवनी नेपालका कार्यक्रम सह–संयोजक राजेन्द्र चुनाराले बताए ।

संजीवनी नेपालले हिंसामा परेका महिला, बालबालिकाहरुको हकहितको पक्षमा पहल पैरवी गर्नुका साथै उनीहरुको हक अधिकारको सुनिश्चताका लागि काम गदै आएको छ । लैंगिक हिंसा, शिक्षा, स्वास्थ्य, गरिबी, लगाएतका बिषयमा समेत उक्त संस्थाले जोड दिँदै आएको छ ।

ताजा समाचार

AllEscort