ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठराजनीतिवडाको बजेटको छानबिन सहित समस्या हलको लागी दोधारा चाँदनी नगरपालिकामा स्थानियहरुले ज्ञापन...

वडाको बजेटको छानबिन सहित समस्या हलको लागी दोधारा चाँदनी नगरपालिकामा स्थानियहरुले ज्ञापन बुझाए

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा स्थानियहरुले वडा क्षेत्रमा बिकासको काम नभएको छानबिनको लागी नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका कार्यालयमा स्थानियहरु पुगेर नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी गिरी ओझालाई भेट गरि ज्ञापन पत्र बुझाएको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित रहेको अम्बीका माध्यमिक बिद्यालयको कालिका हाँट बजार देखि पुर्व ढकनाघाट सम्म जाने बाटो र साबिकको दोधारा गाबिसको वडा नं. ६ र ७ को बिच सिमानामा रहेको श्री शिव प्रसाद शर्माको घर देखि पुर्व सृजना आधारभुत बिद्यालय जाने बाटोमा कम्तीमा ग्रेबलको ब्यवस्था हुने पर्ने, शहरी स्वास्थ्य केन्द्र जग्गा खरिदमा अनियमिता भएको कारण स्थालगत अनुगमन गर्नु पर्ने, वडा कार्यालयको जग्गा तथा निमार्णधिन भवनको स्थलगत अनुगमन गर्नु पर्ने, वडाको बजेटको सम्बन्धमा पटक पटक जानकारी गराउदा गराउदै सगरमाथा उपभोक्ता समितिलाई मनोमानी ढंगबाट बजेट बिनियोजन गरि राज्यको कोषलाई दुरुपयोग गरेको लगाएत बिद्युत बिस्तारको अनुगमन र आवश्यक स्थानमा सोलर जडान गरिपाँउ भन्दै दोधारा चाँदनी नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ् । बारम्बार जनप्रतिनिधीहरुलाई जानकारी गराउदा समेत अटेर गरेको पत्रमा लेखिएको छ् ।

ताजा समाचार

AllEscort