ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठमुख्य समाचारदोधारा चाँदनीमा पुन : सुरु गर्‍यो प्रहरीको ‘तपाईको मास्क खोई ?’ अभियान

दोधारा चाँदनीमा पुन : सुरु गर्‍यो प्रहरीको ‘तपाईको मास्क खोई ?’ अभियान

पप्पु गुरुङ्ग, दोधारा । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले पुन : तपाईको मास्क खोई अभियान सञ्चालन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना संक्रमित बढेसंगै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सो अभियानलाई निरन्तरता दिएको हो । दोधारा चाँदनी नगरपालिकाका मुख्य बजारहरुमा प्रहरीले स्वास्थ्य मापदण्ड पालना गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको चाँदनी बजार, महाकाली झोलुङ्गे पुल क्षेत्रमा नेपाल प्रहरीले मोटरसाईकल, साईकल, पैदल हिड्ने यात्रु तथा टेम्पो चालहरुलाई मास्क अनिवार्य प्रहयोग गर्नुको साथै स्वास्थ्य मापदण्डको पालन गर्न अपिल गरेको छ् । साथै प्रहरीले प्लेकार्ड सहित स्वास्थ्य सम्बन्धी जनचेतनामुलक सन्देश तथा निशुल्क मास्क बितरण समेत गरेको छ् । ‘कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौं । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारी साधनमा यात्रा गर्नेहरुलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छौं ।’

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले भने– ‘कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौं ।’ कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका प्रहरीले पुन : दोधारा चाँदनी नगर क्षेत्रमा तपाईको मास्क खोई अभियान सञ्चालन सुरु गरेको प्रहरी निरिक्षक गिरीको भनाई रहेको छ् । यस्तै साबिकको दोधाराको बाबाथान बजार, कालिका बजार लगाएत क्षेत्रमा प्रहरीले तपाईको मास्क खोई अभियान अन्तर्गत मास्क बितरण संगै मास्क अनिवार्य लगाउनु पर्ने र स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह गरिएको बाबाथान प्रहरी चौकीका ईन्चार्ज तथा असई कृष्णराज भट्टले जानकारी दिएका छन् । तपाईको मास्क खोई अभियानमा दोधारा चाँदनी नगरपालिकाका नगरउप्रमुख चिनी ओझा गिरी, महाकाली झोलुङ्गे पुल चौकीका ईन्चार्ज मान सिंह धामी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका असई रुपेन्द्र बोहरा, गोबिन्द जोशी, बाबाथान चौकीका ईन्चार्ज तथा असई कृष्णराज भट्ट, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा (गुरुङ्ग), सिता थापा क्षेत्री लगाएत सुरक्षाकर्मी तथा स्थानियहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज १७ जनामा गरिएको एन्टिजिन परिक्षणमा महिला स्वयम्सेविका, स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमण फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् ।

ताजा समाचार

AllEscort