ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठमुख्य समाचारभुकम्प प्रतिकार्यका लागी दोधारा चाँदनीमा कृत्रिम नमुना अभ्यास (हेर्नुस् भिडियो)

भुकम्प प्रतिकार्यका लागी दोधारा चाँदनीमा कृत्रिम नमुना अभ्यास (हेर्नुस् भिडियो)

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाको भानु माध्यमिक बिद्यालयको प्रांगणमा हो–हल्ला, दौडादौड छ् । स्टेचरमा घाईतेहरुलाई बोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रसकर्मी, निड्स नेपाल, सामुदायिक स्तरिय बिपद् ब्यवस्थापन अन्तर्गत बिपद् कार्यदलका टोली भ्याईनभ्याई छ् । भुकम्पबाट भानु माध्यमिक बिद्यालयमा कक्षा ९ र १० का कोठाहरुमा ब्याप्त क्षती पुऱ्याएको अवस्थामा बिद्यार्थीहरुलाई उद्धारमा उनिहरु खटिएका छन् । चारै तिर घाईतेको हो–हल्ला, चिच्याहटले बातारण शुन्यमय बनेको छ् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, बिपद् कार्यदलको माईकिङ्ग र सिटीको चर्को आवाज समेत गुञ्जयमान छ् । बिपद् कार्य दल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मीहरु स्टेचरमा घाईतेहरुलाई बोक्नै हम्मे हम्मे परेको छ् । अर्को तिर घाईतेहरुको प्राथमिक उपचार पनि चलिरहेको छ् । बित्यास लाग्दो बातारबण । एम्बुलेन्सले घाईतेहरुलाई प्राथमिक उपचार पछि बोक्दै नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुऱ्याउदै फर्किदै गरेको मार्मिक द्धश्य देखिन्छ् । घाईतेहरु रगताम्य अवस्थामा छन् । कसैको टाउको फुटेको अवस्था छ भने कसैको हात भाँचिएको अवस्था छ भने कसैको शरिरको मेरुदण्डनै भाँचिएर चिच्याईरहेका छन् । उद्धार टोलीहरुले भुकम्पले भत्केका भौतिक संरचना खन्दै घाईतेको उद्धार गर्ने दुखान्त द्धश्य बाहेक केही देखिएदैन् ।

यो द्धश्य हो २४ औं भुकम्प दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकाको भानु माध्यमिक बिद्यालयको प्रांगणमा भुकम्प प्रतिकार्यका लागी कृत्रिम नमुना अभ्यासको थियो । प्रकोपमा परि विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत स्थानियलाईनै सक्रिय बनाउने उद्धेश्यले संचालन गरिएको कृत्रिम नमुना अभ्यासको तालिम संचालन गरिएको निड्स नेपाल कञ्चनपुरका बिपद् फोकल पर्सन ईश्वर उपाध्याय्ले बताएका छन् । भुकम्प आईपरेको प्रारम्भिक चरणमा गरिने खोज उद्धारको कृत्रिम नमुना अभ्यास सम्पन्न गरिएको उनले बताएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगरउपप्रमुख चिनी ओझा गिरी, वडाअध्यक्ष, निड्स नेपालका प्रतिनिधी, अक्सफम नेपालका बिमल खतिवडा, नेपाल रेडक्रस सोसाईटीका रघुनाथ भट्ट, तालिममा प्रशिक्षक महेश घिमिरे, लक्ष्मण दत्त भट्ट, करबिर चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालयका कृषी शाखाका प्रमुख कमलापती भट्ट, पशु शाखा प्रतिनिधी, स्वास्थ्य शाखाका प्रतिनिधी लगाएत बिपद् कार्य दल, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उपस्थिती रहेको थियो । भुकम्प प्रभावितहरुलाई पुर्‍याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी प्रशिक्षण दिइएको नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधी रघुनाथ भट्टले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र निड्स नेपाल कञ्चनपुरको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालन भएको भुकम्प प्रतिकार्यका लागी कृत्रिम नमुना अभ्यास सम्पन्न भएको हो । नमुना अभ्यासको क्रममा भुकम्प प्रतिकार्यका लागी कृत्रिम नमुना अभ्यास पछि सामाजका देखा पर्ने समस्या र त्यसका निराकणको बारेमा समेत कृत्रिम नमुना अभ्यास गरिएको थियो । आफै जोखीममा रुमालिएर अरुको खोजी तथा उद्धारमा सक्रिय हुन विशेषत बिपद् कार्य दल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई तालिम संचालन गरिएको हो । तालिममा प्राप्त ज्ञानलाई बिपद् कार्यदलमा प्रशिक्षार्थीहरुले प्रयोगात्मक विधिबाट समेत उत्सुक्ताका साथ प्रस्तुत गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा निड्स नेपाल कञ्चनपुरले बिपद्का रहेका जोखिम बस्तीहरुमा १० स्थानमा सामुदाय स्तरिय बिपद् ब्यवस्थापन समिति मार्फत बिपद् कार्यदल गठन गरि उनिहरुलाई बिपद् आईपरेकाहरुलाई खोजी तथा उद्धार कार्यका लागी बिभिन्न तालिम तथा बैठक संचालन गर्दै आएको छ् । सो अनुरुप आज आएर उनिहरुलाई प्रयोगात्मक कृत्रिम नमुना अभ्यासको लागी भुकम्प प्रतिकार्यका लागी कृत्रिम नमुना अभ्यास कार्यक्रम संचालन गरिएको बताईएको छ् ।

ताजा समाचार

AllEscort