ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ अर्थ दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल संचालनमा आउदै

दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल संचालनमा आउदै

महेन्द्रनगर । दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल शुचारु हुने भएको छ । ०५६ सालमा सुरक्षाको कारण देखाएर सरकारले मझगाँउ बिमानस्थलको उडान बन्द गरेको थियो । केही समय अधि संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले मझगाँउ बिमानस्थलको स्थलगत अनुगमन गरेका गरेर संचालनका लागि प्रतिबद्धता जाहेर गरेका थिए ।

गत १० कार्तिकमा पर्यटनमन्त्री समेत रहेका नेकपा एकिकृत समाजवादीका पोलिट्ब्युरो सदस्य प्रेम आलेले काठमाण्डौँ फर्किए लगत्तै बाँकी काम अघि बढाउने बचन दिएका थिए । वर्तमान काँग्रेस, माओवादी, समाजवादी, जसपा, जनमोर्चा नेतृत्वको गठबन्धन सरकारकै पालामा काम निर्माण कार्य शुरु हुने छ ।

हालसम्म बिमानस्थलको चारैतिर किलोमिटर २किलोमिटर २५मिटर क्षेत्रफलमा तारबार गरिएको छ । गत आर्थिक बर्ष २०७७/०७८ सुदूरपश्चिम प्रदेश सभा सदस्य एव हालका राज्यमन्त्री मान बहादुर सुनारको प्रदेश पूर्वाधार कार्यक्रमबाट २५ लाखमा ६ सय २५ मिटर क्षेत्रफलमा तारजारी गरिएको छ । भने, आर्थिक बर्ष २०७६/०७७ मा भीमदत्त नगरपालिका र प्रतिनिधी सभा सदस्य डा। दिपक प्रकास भट्टको पूर्वाधार विकास कोषबाट विनियोजित ४२ लाख ४९ हजार, ८४ हजार लागतमा १५ सय मिटर तारजाली गरिएको थियो ।

झण्डै ६६ विगाह क्षेत्रफल र १६।५० मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । स्थानीय सरकार मध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख, ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख र सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको छ ।

मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका सचिव राजेन्द्र बहादुर चन्दले तीन वटै सरकारको संयूक्त साझेदारीमा निर्माण हुन लागेको नेपालकै पहिलो बिमानस्थल कञ्चनपुरको मझगाँउ विमान स्थल भएको बताए । सचिव चन्दले प्राविधिकरणको खातामा १२ करोड, ८७ लाख ५६ हजार जम्मा गरिसक्नुपर्ने भएपनि सुप प्रदेश र कञ्चनपुरका दुई पालिका सरकारबाट माग भन्दा ४ लाख बढि जम्मा गरिएको बताए । उनका अनुसार १२ करोड, ८७ लाख, ६० हजार जम्मा भएको बताए ।

सचिव चन्दले केही स्थानीयबाटै अवरोध उत्पन्न भएको बताए । ‘घरमा शौचालय नभएका गाईगोरु चलाउने र निकुञ्जबाट काठ चोर्ने समुहले हामीमाथि अवरोध गरेका थिए, ‘उनले भने, ‘तरपनि हामीले सरकारी निकाय घचघच्याएरै काम अघि बढाए ।’ मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका अध्यक्ष तथा स्थानीय रमेश चन्दले बाल्यकाल स्मरण गराउँदै आफुले मझगाँउ विमानस्थल शुचारु हुँदा कञ्चनपुरबाट सिधै काठमाण्डौँ गएको बताए । अढाई बर्षसम्म स्थानीय नागरिकबाट सरोकारवाला पक्ष घचघच्याएर शिलान्यासको अवस्थामा पुगेको बताए । ‘शिलान्यास हुने भएपछि काम शुचारु हुने आशा पलाएको छ, ‘उनले भने, ‘फेरीपनि नागरिक स्तरबाट निगरानी राख्छौँ ।’

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...