ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ श्रावण २६, बिहीबार
गृहपृष्ठअर्थ२२ बर्ष बन्द रहेको मझ्गाँउ विमानस्थल पुनः सञ्चालनमा आउनेः पुष २८ मा...

२२ बर्ष बन्द रहेको मझ्गाँउ विमानस्थल पुनः सञ्चालनमा आउनेः पुष २८ मा शिलान्यास

ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । कञ्चनपुरका नेताहरु गतिला नहुँदा लामो समय देखि मझगाउँ विमानस्थल संचालनमा आउन नसकेको पुन–संचालन समितिले आरोप लगाएको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १६ मा रहेको मझगाउँ विमास्थल समयमै सञ्चालन नहुनुको प्रमुख कारण कञ्चनपुरका नेताहरु नै भएको मझगाउँ विमानस्थल पुन–संचालन समितिका अध्यक्ष रमेश चन्दले पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

सोमवार मझगाउँ कटेजको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष चन्दले कञ्चनपुरका नेताहरु विकास बिरोधी भएकै कारण कञ्चनपुर जिल्लाको प्रगति हुन नसकेको उनको बताएका हुन् ।

बि.स २०२३÷०२४ सालमा स्थापना भई नियमित उडाँन भर्दै आएको मझगाउँ विमास्थल शसस्त्र द्धन्द्धका समयमा सरकारले असुरक्षाका कारण देखाउदै २०५६ सालबाट उडान बन्द गरेको २२ बर्ष पुरा भएको छ ।

सोमबार मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समिति गठन भएदेखि गरेका कार्य प्रगति विवरण पेश गरिएको थियो । विमानस्थल पुनः सञ्चालन समितिले विमास्थल संचालनका लागि विभिन्न बाधा अवरोध सहेर पनि विमानस्थल संचालनको मुलधारमा पुगेको समितिका अध्यक्ष चन्दले बताए ।

विमानस्थलका लागि पुष ११ गतेको नेपाल नागरिक उड्यन प्राविधिकरणको बैठकले बजेट बिनियोजन गरेको थियो ।
पुष २८ गते विमानस्थलको पुनः निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । विमानस्थलको कुल बजेट ४५ करोड ६६ लाख २४ हजार ७ सय १५ रहेको ।

अब बन्ने विमास्थलको लम्बाई १ हजार ६ सय ६२ मिटरको रहने र उक्त विमानस्थल ६६ विगाह जमिनमा रहने जनाइएको छ । पुष २८ गते शिलान्यास हुने विमास्थलको ठेक्का सम्झौता निर्माणका लागि के एस–कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको हो

 

 

 

 

 

ताजा समाचार