ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ श्रावण २६, बिहीबार
गृहपृष्ठअर्थमहेन्द्रनगरमा करोडौंको लगानीमा न्यू अपी फर्नीचर इण्डष्ट्रिज सञ्चालनमा

महेन्द्रनगरमा करोडौंको लगानीमा न्यू अपी फर्नीचर इण्डष्ट्रिज सञ्चालनमा

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सुदूर पश्चिममै ठुलो धनरासीको फर्निचर उद्योग खुलेको छ । महेन्द्रनगरको बसपार्क पछाडी रहेको न्यू अपी फर्निचर इण्डष्ट्रिजले आफ्नो व्यापार सेवा विस्तार गरेको हो । करोडौंको लगानी थप गर्दै न्यू अपी फर्निचर इण्डष्ट्रिजले आफ्नो सेवा तथा गुणस्तरियता बढाएको सञ्चालक दिपक बहादुर चन्दले बताए ।

चिन, मलेसिया लगायतका देशहरुबाट फर्निचरका गुणस्तरियर समानहरु मगाएर सेवाग्राहीहरुलाई गुणस्तरिय तथा भरपर्दो सेवा दिने सञ्चालक चन्दको दाबी छ । ‘सेवाग्राहीले राम्रो, गुणस्तरिय र आर्कषक फर्निचरहरुका लागि कञ्चनपुर बाहिरबाट मगाउनु पर्ने बाध्यता थियो । त्यो समस्यालाई टार्न र कञ्चनपुरका सेवाग्राहीलाई सहजता प्रदान गर्नका लागि मैले फर्निचर इण्डष्ट्रिजमा लगानी थप गर्दै यसको दायरा बढाएको हुँ ।’ सञ्चालक चन्दले भने ।

न्यू अपी फर्निचर इण्डष्ट्रिजले महेन्द्रनगरमा झण्डै एक दशक देखि आफ्नो सेवा दिदै आएको छ । सञ्चालक चन्दका अनुसार उक्त फर्निचर उद्योगमा जिल्लामै सबै भन्दा गुणस्तरिय काठ प्रयोग गरिएका विभिन्न फर्निचरहरु मात्रै बिक्रि हुँदै आएका छन् । अपी फर्निचर इण्डष्ट्रिजले समान्य सोफा देखि ‘हायर लक्जरियस’ सोफाहरु, थ्री पिस दराजहरु, आधुनिक डिजाइनका ‘लक्जरियस’ पलङ्गहरु, कुर्सी, स्टीलका दराजहरु, प्लास्टीक कुर्सी तथा टेबुलहरु, कार्पेट, मेट्रीस लगायतका समानहरु बजार दररेट भन्दा सुपथ मुल्यमा उपलब्ध रहेको सञ्चालक चन्दको भनाई छ ।

 

ताजा समाचार