दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रले कार्यालय स्थापना गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा हेल्थपोष्टमा नेकपा माओबादी केन्द्रले कामकाज संचालनको लागी सम्पर्क कार्यालय स्थापना गरेको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीको नगर कमिटि अध्यक्ष भिम कुमालको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माओबादी केन्द्रको कार्यालय नभएले पार्टीको काम काज तथा बैठक बस्न असजिलो महशुस गर्दै एथासिघ्र कार्यालय स्थापना गरि पार्टीको कामकाज अघि बढाउन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । ‘पार्टीको कामकाज तथा बैठक बस्न असहज भएको कारण सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय अनुरुप कार्यालय स्थापना गरेका हौं’ नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सदस्य भक्त बहादुर सुनारले भने । कार्यालय स्थापना संगै पार्टीको गतिबिधी गर्न सहज हुने उनको भनाई रहेको छ् ।
अबका दिनहरुमा स्थानिय निर्वाचन, प्रदेश निर्वाचन तथा संघिय निर्वाचनलाई लक्षित गर्दै संगाठनिक गतिबिधीलाई तिब्रता दिईने उद्धघाटन कार्यक्रममा बताईएको छ् । नेकपा माअनेबादी दोधारा चाँदनीका बरिष्ठ नेता तथा जिल्ला कमिटि सल्लाहकार सदस्य धन बहादुर दमाई र नगर अध्यक्ष भिम कुमालले सयुक्तरुपमा रिबन काटेर पार्टी सम्पर्क कार्यालयको बिधिवतरुपमा उद्धघाटन गरेका छन् । कार्यक्रममा नेकपा माअनेबादी दोधारा चाँदनीका बरिष्ठ नेता तथा जिल्ला कमिटि सल्लाहकार सदस्य धन बहादुर दमाई, नेकपा माओबादी नगर अध्यक्ष भिम कुमाल, नगर सचिव चन्द्र बहादुर सुनार लगाएत नगर कमिटि टोली लगाएत कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगर क्षेत्रमा संगठनिक अवस्था, संगठन बिस्तार, रुष्ट, निस्कृय नेता तथा कार्यकर्तालाई कसरी पार्टीमा पुन : सक्रिय बनाउने, सामाजि कार्यमा पार्टीलाई कसरी उन्मुख गर्ने लगाएत बिषयमा ब्यापक छलफल गरिएको नगर अध्यक्ष भिम कुमाले बताएका छन् ।