महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कञ्चनपुरको (आठौं) जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको जिल्ला अधिबेशनमा प्रेम सिंह ऐरलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । ऐर नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मतले चयन भएका हुन् ।
अधिवेशनले १५ जना जिल्ला कार्यसमिति र ५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा पुनः दास्रो कार्यकालका लागि प्रेम सिंह ऐर, उपाध्यक्ष खुल्ला, महिला र समावेशीमा क्रमशः ओमकार प्रसाद बिष्ट, गिता भण्डारी र महेश कुमार जोशी चयन भएका छन् ।
त्यसैगरी सचिवमा गणेश बहादुर सिंह, सह–सचिवमा मोहन राज फुलारा, कोषाध्यक्षमा राम प्रसाद पाण्डेय, खुल्ला सहदस्यहरुमा जयराज पनेरु, प्रकाश जोशी, गगन नाथ, हेम प्रसाद न्यूरे, गोकुल देव जोशी, लक्ष्मण सिंह नेगी, लक्ष्मण प्रसाद भट्ट र महिला सदस्यमा इन्द्रा भट्ट सर्वसम्मतले निर्वाचित भएका छन् ।
नेपाल निजामती कर्मचारी यूनियनको केन्द्रीय महाधिवेशनकलागि कञ्चनपुरबाट ५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधी छनौट भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट ओम प्रशाद उपाध्याय, क्षेत्र नं. २ बाट टेक बहादुर चन्द, क्षेत्र नं. ३ बाट कमलापति भट्ट र महेन्द्रनगर सदरमुकामबाट प्रेम बहादुर निदाल र केशब राज भट्ट सर्वसम्मतीले निर्वाचित भएका हुन् ।
शुक्रबार उद्योग वाणिज्य संघ कञ्चनपुरको सभाहलमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको (आठौं) जिल्ला अधिवेशन शनिवार दिउसो सर्वसम्मतले नेतृत्व चयन पछि सम्पन्न भएको छ ।