ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठअर्थबाढी पिडित बनेका सिमरी गाउँका जेष्ठ नागरिक असक्त र एकल महिलालाई न्यानो...

बाढी पिडित बनेका सिमरी गाउँका जेष्ठ नागरिक असक्त र एकल महिलालाई न्यानो कम्बल वितरण

-किशोर तामाङ ।
पुनर्वास । कंचनपुरको पुनर्वासमा तामाङ समुदायका नयाँ पुस्ताका युवाहरू सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन।
उच्च शिक्षाका लागि जापान पुगेका युवाहरूले आफ्नो गाउँ ठाउँमा समस्यामा पारेका हरू माझ केही गर्नुपर्छ भन्ने उद्देश्यले जापानमा अध्ययनरत तामाङ युवाहरूको ब्यक्तिगत सहयोगमा कंचनपुरको पुनर्वास नगरपालिका-५ सिमरीमा न्यानो ब्लयनकेट ९कम्बल० वितरण गरेको छ ।

भदौ र कार्तिक महिनामा आएको बाढिले प्रभावित भएका सिमरी गाउँका बासिन्दाहरू लाई यो कठ्यङरिने जाडोमा केही राहत होस भन्दै समस्यामा परेका त्यस भेगका जेष्ठ नागरिक, एकल महिला र अशक्त ४० घर परिवारलाई कम्बल वितरण गरेको हो ।

अध्ययनका लागि जापान पुगेका तामाङ समुदायका युवायुवतीहरु जेम्स बिरु,सरिता तामाङ, समीर लुक्स परिवार, सानुमाया परिवार,शोभा तामाङ, एलिया तामाङ, योहन्ना तामाङ, सारा तामाङ, सुन्तली तामाङ, ईन्दिरा तामाङ, गिता तामाङ, फिलिप तामाङ, आशिष तामाङ र तिलुमाया लगायतको समुहले बाढी ग्रस्त राना र चौधरी बस्तीमा अत्यधिक बढ्दो चिसोबाट बच्नका लागि न्यानो कम्बल वितरण गरेको जनाईएको छ ।

कम्बल वितरण गर्दै उनीहरुका अभिभावकहरुले पढ्न गएका छोराछोरीहरुको आफ्नो समस्या हुँदा हुँदै पनि आफ्नो खाजा र खानाको रकम बचत गरी आफ्नो देशका नागरिकहरू प्रती देखाएको सहयोगको भावना र सामाजिक उत्तरदयित्व वहन गरेको देख्दा आफुहरुलाई असाध्यै खुशी लागेको बताए ।

भिमसेन बाबा मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको बिच आयोजना गरेको ब्लयनकेट ९कम्बल० वितरण कार्यक्रममा
कम्बल पाए पछि बाढी पिडित जेष्ठ नागरिक, असक्त असहाय र एकल महिलाहरु निकै खुशीले भावुक हुँदै सहयोग गर्ने सम्पुर्णलाई ईश्वरले रक्षा र सदबुद्धी प्रदान गरून् भन्न थालेका थिए ।

रानाथारु उत्थान समन्वय मञ्च पुनर्वासका अध्यक्ष धोखे रानाले भने राज्यमा तीन तहको सरकार छ। चुनाव ताका गरिवको घरदैलो गई ठुलठुला अश्वसान दिइ भोट मागेर तिनै तहको सरकारमा पुनर्वासको उपस्थिति छ। तर बिडम्बना भोट पाइ जितेर सत्तामा पुगेपछि आफ्नो र आफ्नाको भरणपोषणमा लिप्त छन्। गरिव र दिन दुस्खी सग गरेका वाचा र बाढेका अश्वसन बिर्सेका छन। वास्तवमा दीन दुखी प्रति राज्य उदासीन छ। राज्यको उत्तरदयित्व स्थानीय युवाहरू परदेशमा रहेर पुरा गरी रहेको छ। स्थानीय सरकार, प्रदेश र सघिय सरकाको लागि यो गतिलो झापड हो।

त्यसैबीच विपद व्यवस्थापन समिती सिमरीका संयोजक तिर्थ रानाले बाढिले तहसनहस गरेको सिमरी गाउँमा अत्यधिक जाडोका कारण समस्यामा परिरहेका जेष्ठ नागरिक, एकल, असक्त असहायको लागि न्यानो कपडा कम्बल पाउँदा पुरै गाउँ खुसी भएको बताए।

सिमरी गाउका भलमन्सा राधेश्याम रानाले तीनै तहको सरकार मौनता साधिरहेको बेला स्थानीय छिमेकी गाउँका युवाहरू जो अध्ययनका लागि बिदेशमा गएका छन्। तिनीहरूले आफ्नो खाजा र खाना खर्च बचाएर सिमरी गाउँका राना समुदायमा देखाएको मायाको उच्च कदर गर्दै सहयोगी सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सिमरी क्षेत्रका बुद्धिजीवी, समाजसेवि, भद्रभलादमी, जापनिज तामाङ युवा सञ्जालका अभिभावकहरू र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

No description available.

No description available.

ताजा समाचार

AllEscort