ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ जेष्ठ ७, शनिबार
गृहपृष्ठअर्थभीमदत्त नगरसभाले गर्‍यो २५ विधेयक पारित , ५ महिनामा ५ करोड...

भीमदत्त नगरसभाले गर्‍यो २५ विधेयक पारित , ५ महिनामा ५ करोड राजस्व संकलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाको नगरसभाले आज (आइतबार) २५ विधेयक पारित गरेको छ। नगर सदस्यबाट आएका सुझावलाई समेट्दै विधेयक पारित गरिएको हो। नगरपालिकाका प्रवक्ता हिमाल चन्दका अनुसार नगर सदस्यहरूलाई विधेयक अध्ययनका लागि एक साताको समय दिइएको थियो।

‘नगर सदस्यले विधेयक अध्ययन गरी नगरसभामा सुझाव पेश गर्नु भएको थियो,’ उनले भने, ‘सुझावलाई विधेयकमा समेट्दै सर्वसम्मत पारित भए।’ उनका अनुसार पारित विधेयकमा नगरपालिका कार्य सञ्चालन विधेयक, सार्वजनिक सुनवाईसम्बन्धी विधेयक, भीमदत्त प्रज्ञा प्रतिष्ठान विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षणसम्बन्धी विधेयक, न्यायिक समितिसम्बन्धी कार्यविधि, नगर प्रहरी, नगर शिक्षा, बजार व्यवस्थापन, स्थानीय सेवा, सार्वजनिक निजी साझेदारी, एफएम रेडियो सञ्चालनसम्बन्धी विधेयक छन्।

यसैगरी पारित भएका अन्य विधेयकमा कृषि, विपद् जोखिम न्यूनीकरण विधेयक, वन विधेयक, स्थानीय स्वास्थ्य विधेयक, भवन निर्माण मापदण्डलगायत छन्। यसअघिका नगरसभाबाट २१ वटा ऐन, ९ वटा नियमावली र ६ वटा निर्देशिका पारित भएर लागू भैसकेका छन्। नगरसभा शनिबार राखिएकोमा आइतबार सम्पन्न भएको छ। विधेयक पारितसँगै नगरसभाले विकास निर्माण, सामाजिक विकासतर्फका महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।

५ महिनामा ५ करोड राजस्व संकलन

भीमदत्त नगरपालिकाले चालू आवको ५ महिनामा ५ करोड राजस्व संकलन गरेको छ। नगरपालिकाले आन्तरिक आयअन्तर्गत उक्त राजस्व संकलन गरेको हो। नगरपालिकाका लेखा प्रमुख गोविन्द उपाध्यायले चालू आवको मंसिरसम्म उक्त राजस्व संकलन भएको बताए।

उनका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा त्यसभन्दा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ। त्यस्तै आन्तरिक आयका अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक ३ करोड ५० लाख र विभाज्य करअन्तर्गत ७ करोड ५० लाख संकलन भएको लेखा प्रमुख उपाध्यायले बताए।

ताजा समाचार

AllEscort