महेन्द्रनगर । भारतीय सेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । रावत चढेको भारतीय सेनाको एमआई १७ वी ५ नम्बरको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो ।
हेलिकप्टरमा सीडीएस विपिन रावतलगायत सेनाका बरिष्ठ अधिकारीसमेत सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उक्त हेलिकोप्टरमा रावतसहित उनको परिवार पनि सवार भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । रावतलाई सन् २०२० मा देशकै पहिलो सीडीएस नियुक्त गरिएको थियो ।