ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ राष्ट्रिय निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ ।

महेन्द्रनगरको गोबरैया स्थित निङ्गलाशैनी माविका ३६ जना विद्यार्थीहरुलाई नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम दिन लागेको हो ।

विद्यार्थीहरुमा उच्च अनुशासन र नेतृत्व विकासका लागि उक्त तालिम प्रदान गरिन लागेको एनसीसीले जनाएको छ । मेजर गजेन्द्र देउवाका अनुसार कञ्चनपुरका ४ ओटा निजी र ४ ओटा सामुदायिक विद्यालयहरुमा उक्त तालिम सञ्चालन गर्न लागिएको हो । उक्त तालिम ३५ दिन र १५ दिन गरेर ५० दिन प्रदान गरिने छ । ९० दिन गरिदै आएको तालिम कोरोनाको कारणले समयावधी घटाएर ५० दिन गर्न लागिएको मेजर देउवाले बताए ।

निङ्गलाशैनी माविका कक्षा ८,९ र १० मा पढ्ने विद्यार्थीहरुबाट ३६ जना विद्यार्थी उक्त तालिमका लागि छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद भट्टले जनाए । आफ्नो निकै ठुलो संघर्ष पछि विद्यालयमा पहिलो पटक एनसीसीको जुनियर डिभिजन ब्याजको तालिम सञ्चालनमा आएको अध्यक्ष भट्टले बताए ।

विद्यार्थीहरुमा अनुशासन, क्षमता अभिवृद्धी, राष्ट्रिय नेतृत्व विकास र आत्मरक्षा कवजका लागि समेत उक्त तालिम आवश्यक रहेको र आफ्ना विद्यार्थीहरुले एनसीसीबाट यो अवसरको पूर्ण सदुपयोग गर्ने विद्यालयका प्रधानाध्यापक भवानी पन्तले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...