ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ मुख्य समाचार सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ मा स्थित रहेको अम्बिका माध्यमिक बिद्यालयको एक कक्षमा आज सृष्टि महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ् । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगा रावतको सभापतित्वमा संचालन भएको संस्थाको १६ औं वार्षिक सधारण सभाका प्रमुख अतिथी शुदुरपश्चिम प्रदेशका कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार रहेका थिए भने बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार र नगरउपप्रमुख चिनी ओझा गिरी रहेका थिए । यस्तै अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा सदस्य पार्वती रावत, अम्बिका माध्यमिक बिद्यालयका प्रधानध्यापक अमर बहादुर बुढा लगाएतको संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य कमला उपाध्यायले जानकारी दिएका छन् । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभालाई उद्धघाटन गर्दै शुदुरपश्चिम प्रदेशका कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनारले बिगतका दिनहरुमा प्रदेश सरकारबाट संस्थालाई सहयोग गर्दै आएको बताउदै यस पटक पनि संस्थाको भवन निमार्ण गर्न प्रदेश सरकारले सघाउने प्रतिबद्धता जाहेर गरेका छन् । संस्थाले गर्दै आएको कार्यको मुल्यांकनको कदर गर्दै दोधारा चाँदनी नगर क्षेत्रमा अझ सशक्तरुपमा सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था उभिने आफुले अपेक्षा राखेको उनले बताएका छन् । संस्थाका सदस्य जमुना रावतले स्वागत मन्तब्य राखेको कार्यक्रममा कार्यक्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार तथा नगरउपप्रमुख चिनी ओझा गिरीले नगरपालिका कार्यालयको हुने सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रम संचालन सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोधारा चाँदनीका सदस्य कमला उपाध्यायले गरेका थिए भने सृष्टि महिला बचत तथा ऋण सहकारी संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा खर्चको आय व्यय प्रस्तुत संस्थाका सचिव छाया चन्दले गरेका थिए ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...

‘तपाईको खोई मास्क’ अभियान अन्तर्गत दोधारा चाँदनीमा ५ हजार मास्क बितरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीको तपाईको खाई मास्क अभियान अन्तर्गत दुई दिनमा पाँच हजार मास्क बितरण गरिएको छ् । कोरोना भाईरसको नयाँ...