ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ समाज ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर, अमिन लगाएत अन्य कर्मचारीहरुको थप क्षमता अभिवृदिको लागि (ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने तालिम बुधबारबाट महेन्द्रनगरमा संचालन भएको छ ।

पछिल्लो समयमा प्रविधि दिगो रुपमा अगाडि बढिरहेको अवस्थालाई महत्वपुर्ण ठानि र सेवाग्राहीकोहरुको समस्यालाई मध्यनजर गर्दै घर, नक्सा पास गर्ने आएका सेवाग्रहिहरुका महत्वपुर्ण कागजात र आवश्यक पर्ने प्रमाणहरु तथा फाईलहरु सुरक्षीत रहने र आवश्यकता पर्दा जुनसुकै अवस्थामा पनि खोज्न सहज  ब्यावथापनमा निकैनै सहज हुने भएकाले ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) लागुगरिएको भिमदत्त नगरपालिका भुमि व्यावस्थापन तथा भवन नियमन शाखाका प्रमुख ई. दिपेन्द्र प्रशाद जोशीले बताए ।

ई. जोशीका अनुसार भवन मापदण्ड र भवन संहिता जुन राष्ट्रिय भवन संहिता सहरी विकाश मन्त्रालयले जारी गरेको र भिमदत्त नगरपालिकाको मापदण्डका सहयोग पुग्ने नक्सा पासको लागि पेपरको उपयोग न्युन मात्रामा प्रयोगको हुने भएकोले यो ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टमको प्रयोग महत्वपुर्ण रहने उनको भनाई रहेको छ ।

जुन कन्सलटेन्सीले सेवाग्राहीहरुको नक्सा बनाउछ त्यो भिमदत्त नगरपालिकाको ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टममा अपलोड गरेर पि.डि एफ फर्मेटमा आउने भएकाले नगरपालिमा रहेका कर्मचारीले चेकजाँच गरी डिजिटल हस्ताक्षरबाट प्रमाणपत्रहरु जस्तो सुकै अवस्थामा पनि सम्बन्धीत सेवाग्रहीले हेर्ने सक्ने भएकाले ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम महत्वपुर्ण रहेको जोशीले बताए ।

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम नेपाल अधिराज्यमा २ वटा नगरपालिका किर्तीपुर नगरपालिका र ललितपुर महानगरपालिकाले मात्र लागु गरेको पाइन्छ । कार्यक्रमको अध्यक्षता भिमदत्त नगरपालिका वडा नम्बर४ का वडा अध्यक्ष लक्ष्मी दत्त बोहराले गरेका थिए भने भिमदत्त नगरपालिका उप प्रमुख सुशिला चन्द शिहं,भिमदत्त नगरपालिकाका ईन्जिनियर लगाएतको उपस्थीति रहेको थियो ।

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टमलाइ थप प्रभावकारी बनाउदै अगाडि बढाउनु पर्ने थप जानकारीका साथ ईनोभेटिभ सोलुसन प्रालि ललितपुरका सप्टोवयर डेब्लोपर सुरेश थापा प्रशिक्षक रहेका थिए ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...