ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ मुख्य समाचार एनईए सुदूर पश्चिमद्वारा स्व. इन्जिनियर पुष्कर जोशीका आमालाई ५० हजार आर्थिक सहयोग

एनईए सुदूर पश्चिमद्वारा स्व. इन्जिनियर पुष्कर जोशीका आमालाई ५० हजार आर्थिक सहयोग

महेन्द्रनगर । नेपाल इन्जिनियर्स एसोसिएसन ९एनईए० सुदूर पश्चिम कार्यकारणी समितिले स्वर्गाीय इृन्जिनियर पुष्कर जोशीका आमालाई ५० हजार रुपैँया सहयोग गरेको छ । स्वर्गाीय ई. पुष्कर जोशी दम्पतीले काठमाडौं कलंकीमा ग्यास सिलिण्डर पड्किदा तीन वर्ष अघि ज्यन गुमाएका थिए ।

बिहिबार एनईए सुदूरपश्चिम कार्यकारणी समितिले स्वर्गीय इन्जिनियर जोशीका आमालाई रकम हस्तान्तरण गरेको कोषाध्यक्ष ई। नविनराज जोशीले बताए । कञ्चनपुरको कृष्णपुर बस्दै आएका स्वर्गी ई। जोशीका आमालाई घरखर्च चलाउन राहत मिलोस भन्दै उक्त रकम हस्तारण गरेको कोषाध्यक्ष ई। जोशीले बताए ।

बैतडी स्थायी घर भई काठमाडौं, कलंकीमा बस्दै गरेका इन्जिनियर दम्पती पुष्कर जोशी र अप्सरा श्रेष्ठको झण्डै ३ वर्ष अघि ग्यास गिजर पट्किदा अस्पतालमै उपचारार्थ मृत्यु भएको थियो । उक्त दुर्घटनामा ई. दम्पतीका छोरा प्रयान जोशी समेत घाइते भएका थिए ।

आमाबुवा गुमाएका बालक प्रयानलाई एनईए सुदूर पश्चिम कार्यकारणी समितिका सभापति ई। लव जोशी लगायतको समुहले गत वर्ष समेत ५१ हजार आर्थिक सहयोग गरेका थिए ।

एनईए सुदूरपश्चिम कार्यकारणी समितिले ईन्जिनियरहरुलाई विभिन्न तालिमहरु पनि प्रदान गर्दै आएको छ । ‘स्मार्ट रोड’, भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम, नयाँ ईन्जिनियरहरुलाई ‘ओरिन्टेसन’ लगायतका तालिमहरु समेत प्रदान गर्दै आएको छ । नेपालमा कोरोनाको महामारीका समयमा सुदूरपश्चिमका विभिन्न अस्पतालहरुमा एनईए सुदूरपश्चिमले विभिन्न प्रकारका स्वास्थ्य सामग्री तथा ‘फुट अपरेटेड हेन्ड वास मेसिन’ अक्सिजन सिलिण्डर लगायतका सामग्रीहरु वितरण गरेको एनईए सुदूरपश्चिमका सभापति ई. लवराज जोशीले बताए ।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...