ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ राष्ट्रिय एनईए सुदूर पश्चिमद्वारा स्व. इन्जिनियर जोशीका छोरालाई ५० हजार आर्थिक सहयोग

एनईए सुदूर पश्चिमद्वारा स्व. इन्जिनियर जोशीका छोरालाई ५० हजार आर्थिक सहयोग

महेन्द्रनगर । नेपाल इन्जिनियर्स एसोसिएसन ९एनईए० सुदूर पश्चिम कार्यकारणी समितिले काठमाडौं कलंकी बस्दै आएका दिवंगत ई। पुष्कर जोशीका छोरा प्रयान जोशीलाई ५० हजार रुपैँया सहयोग गरेको छ । बिहिबार एनईए सुदूरपश्चिम कार्यकारणी समितिले स्वर्गीय इन्जिनियर जोशीका आमालाई रकम हस्तान्तरण गरेको कोषाध्यक्ष ई. नविनराज जोशीले बताए । कञ्चनपुरको कृष्णपुर बस्दै आएका स्वर्गी ई. जोशीका आमालाई नाती प्रयानको पठनपाठनमा राहत मिलोस भन्दै उक्त रकम हस्तारण गरेको कोषाध्यक्ष ई. जोशीले बताए ।

बैतडी स्थायी घर भई काठमाडौं, कलंकीमा बस्दै गरेका इन्जिनियर दम्पती पुष्कर जोशी र अप्सरा श्रेष्ठको झण्डै दुई वर्ष अघि ग्यास गिजर पट्किदा अस्पतालमै उपचारार्थ मृत्यु भएको थियो । उक्त दुर्घटनामा बालक प्रयान समेत घाइते भएका थिए ।

आमाबुवा गुमाएका बालक प्रयानलाई एनईए सुदूर पश्चिम कार्यकारणी समितिका सभापति ई। लव जोशी लगायतको समुहले गत वर्ष समेत ५१ हजार आर्थिक सहयोग गरेका थिए ।

एनईए सुदूरपश्चिम कार्यकारणी समितिले ईन्जिनियरहरुलाई विभिन्न तालिमहरु पनि प्रदान गर्दै आएको छ । ‘स्मार्ट रोड’, ‘अर्थक्विक रेजिस्टेन्स’, नयाँ ईन्जिनियरहरुलाई ‘ओरिन्टेसन’ लगायतका तालिमहरु समेत प्रदान गर्दै आएको छ । नेपालमा कोरोनाको महामारीका समयमा सुदूरपश्चिमका विभिन्न अस्पतालहरुमा एनईए सुदूरपश्चिमले विभिन्न प्रकारका स्वास्थ्य सामग्री तथा ‘फुट अपरेटेड हेन्ड वास मेसिन’ अक्सिजन सिलिण्डर लगायतका सामग्रीहरु वितरण गरेको थियो ।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...