ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ शिक्षा सामुदायिक विद्यालय कर्मचारी र बालविकास शिक्षकको रुपमा कार्यरत शिक्षक आन्दोलित

सामुदायिक विद्यालय कर्मचारी र बालविकास शिक्षकको रुपमा कार्यरत शिक्षक आन्दोलित

 ऐश्वर्या कुवँर /महेन्द्रनगर । कञ्चनपुरका सामुदायिक विद्यालय कर्मचारी र बालविकास शिक्षकको रुपमा कार्यरत शिक्षक हरु २ दिन देखि आन्दोलित छन् । नेपाल सरकारले बालविकाश शिक्षकको लागी तोकेको पारश्रमिक ज्याला भिमदत्त नगरपालिकाले नेपनल सरकारले बजेटमा कार्यान्वयन भएको ८ महिना बितिसक्दा पनि बृद्धि भएको तलब व्यावस्थापन गर्ने नसकेको भन्दै आन्दोलित भएका हुन ।

जिल्लाको भिमदत्त नगरपालिकाको अन्तरगत सामुदायिक विद्यालयका कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकको लागि नेपाल सरकारले आर्थीक बर्ष २०७८/७९ मा शिक्षा तथा मानव स्रोत विकाश केन्द्रले प्रकाशन गरेको कार्यान्वयन पुस्तीकामा विद्यालय कर्मचारी र बालविकास शिक्षकको तलब भत्ता संघिय सरकार र स्थानीय सरकारको सयुक्त मासिक रु १५ हजार रुपैया दिने व्यावस्था भए बमोजिम विद्यालय सहायम कर्मचारीकोहकमा १५ हजारका अतिरित्त थप हुने गरी व्यवस्था मिलाउन निर्देशन भए बमोजिम भिमदत्त नगरपालिकाले यथा शिग्र कार्यान्वयनमा ल्याउनु पर्ने माग राख्दै आफुहरु आन्दोलनरत रहेको श्री पुर्णामाध्यमीक विद्यालयकी शिक्षिका बशन्ती जोशीले बताएकी छन् ।

कञ्चनपुरका ८वटा स्थानीय तहले बालविकास शिक्षकहरुले पाउने गरि यसै आर्थीक बर्ष देखि बृदि भएको तलब बालविकास शिक्षकहले पाउने गरि लागु गरिसकेको र भिमदत्त नगरपालिकाले मात्र अनसुनि गरेको आन्दोलनरत शिक्षिकाहरु बताउछन । नयाँ बृद्धि भएको तलब लागु गर्नु पर्ने भन्दै बारम्बार भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट लाई घच घचच्याउदा समेत चासो नदेखाउदा र अन्तीम बिकल्प आन्दोलनको बाटो रोजेको शिक्षिका रमा पन्तले बताईन् ।

२ दिन देखि आन्दोलनरत बालविकास शिक्षकहरुले भिमदत्त नगरपालिकाको शिक्षा शाखामा ताला लगाउनुका साथै नगरपालिबाट प्रदान हुने सेवाहरुबाट समेत सेवा ग्राहिलाई निकै सास्ती खेप्नु परेको छ ।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...