ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ मुख्य समाचार कांग्रेस युवा नेता निरञ्जन भट्टद्वारा पार्टी सचिवमा उम्मेदवारी घोषणा

कांग्रेस युवा नेता निरञ्जन भट्टद्वारा पार्टी सचिवमा उम्मेदवारी घोषणा

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कञ्चनपुरमा भोली हुने जिल्ला अधिवेशनमा युवा नेता निरञ्जन प्रसाद भट्टले पार्टी सचिवका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

युवा नेता भट्ट पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सबैभन्दा सक्रिय रुपमा लागेका व्यक्ति हुन् । नेता रमेश लेखकको विश्वास पात्र रहेका युवा नेता निरञ्जन प्रसाद भट्ट १४ औं महाधिवेशनमा आफुले पनि पार्टीको महत्तवपूर्ण जिम्मेवारी पाउनु पर्ने माग राख्दै आएका छन् ।

पार्टी सचिवका उम्मेदवार भट्टले अहिले भने कुनै गुट, उपगुट र प्यानलबाट उम्मेद्वार नभई स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेका हुन् । बुधवार साझ उनले आफु जिल्ला सचिवको दाबेदार रहेको जनाएका थिए ।

महेन्द्रनगरको गोबरैया स्थीत निङ्गलाशौनी माविको व्यवस्थापन समितिका अध्यक्ष रहेका भट्ट राजनीति संगै सामाजिक कार्यमा पनि व्यस्त रहन्छन् । कांग्रेसका युवा नेता भट्ट यस वर्ष संविधान दिवसको अवसरमा सम्माननिय राष्ट्रिपति विद्या देवी भण्डारीबाट जनसेवा श्री पदकबाट बिभूषित भएका हुन् ।

भिन्न सामाजिक कार्य एवं निर्माण व्यवसायबाट कञ्चनपुरमा उत्कृष्ट नतिजा दिन सकेकोमा युवा नेता भट्ट जनसेवा श्री पदकबाट बिभूषित भएका थिए ।

कांग्रेस युवा नेता निरञ्जन प्रसाद भट्ट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिका उम्मेद्वार हुने समेत कुरा रहेकोमा उच्च नेतृत्वको दवाव र पार्टी भित्र समिकरण मिलाउनका लागि उनले उम्मेद्वारी फिर्ता ल्याएका थिए ।

भीमदत्त १५ बाट उनी क्षेत्रिय प्रतिनिधि आएका हुन् । पार्टीमा उत्कृष्ट नेतृत्व चयनका लागि आफुलाई कञ्चनपुरमा जिल्ला सचिवमा निर्वाचित गरिदिन हुन उनले हार्दिक अपिल गरेका छन् ।

May be an image of 7 people and text that says "राष्ट्रियता लोकतन्त! समाजवाद १8औं महाधिवेशन भव्य रुपले सफल पारौं नेपाली काँग्रेस कऊचनपुर जिल्ला कार्य समिति जिल्ला सचिव पदका उम्मेदवार हार्दिक अपिल VOTE निरज्जन प्रसाद ਮਵ लाई आफनो अमुल्य मत दिई बिजयी गराऔं मो जय नेपाल! ९747७५२१९१"

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...