ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ राष्ट्रिय कम्प्यूटरमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा राइट स्टेप एजुकेशन एकेडेमी

कम्प्यूटरमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा राइट स्टेप एजुकेशन एकेडेमी

कञ्चनपुरमा ३५० जनालाई कम्प्यूटर कक्षा दिइने

महेन्द्रनगर । कम्प्यूटरमा दक्ष जनशक्ति उत्पादन गर्ने एक संस्थाका रुपमा रहेको राइट स्टेप एजुकेशन एकेडेमीले कञ्चनपुरमा प्रवेश परिक्षा सञ्चनलन गरेको छ । राइट स्टेप एजुकेशन एकेडेमी प्रालीद्वारा सञ्चालित प्रवेश परिक्षामा १२५० जना विद्यार्थीहरु सहभागी भएको जनाइएको छ ।

कम्प्युटरमा दक्ष जनशतिm तयार पार्ने लक्ष्यका साथ शनिवार कञ्चनपुरको महेन्द्रनगर स्थीत महेन्द्र मावि (साधारण) मा एक हजार र झलारीमा २५० जना विद्यार्थीहरु प्रवेश परिक्षा दिएको राइट स्टेप कञ्चनपुरका संयोजक सुरज बिष्टले बताए । प्रवेश परीक्षा दिएका विद्यार्थी मध्ये ३५० जना विद्यार्थीलाई मात्रै छनौट गरेर कक्षा सञ्चालन गरिने उनले बताए ।

शुदूर पश्चिमका कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरामा राइट स्टेप एजुकेशन एकेडेमीले ०७४ देखि आफ्ना कम्प्यूटर सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको शुदूर पश्चिम संयोजक दिपेन्द्र सिंह पौडेलले जनाए ।

२० हजार विद्यार्थी आफुहरु संग कम्प्यूटर कक्षा लिईरहेको जनाउदै संयोजक पौडेलले बर्षेनी सयौं विद्यार्थीहरु लोकसेवा देखि विभिन्न रोजगारीका लागि सक्षम हुने गरेको बताए । देशभर ५४ जिल्लाहरुमा राइट स्टेप एजुकेशन एकेडेमीले कम्प्यूटर कक्षाहरु न्यून शुल्कमा सञ्चालन गर्दै आएको संयोजक पौडेलको दाबी छ ।

प्रवेश परिक्षामा विद्यार्थीहरुले ल्याएको प्राप्तांकका आधारमा विद्यार्थीहरुलाई स्कलसीप समेत पाइने संस्थाको दाबी छ । मासिक शुल्क न्यूनतम पाँच सय रहने जनाइएको छ । उक्त संस्थामा कम्प्यूटरको बेसिक ज्ञान देखि डिप्लोमा सम्म पाँच कोर्षहरु अध्यापन गराइने छ । एक वर्षे कोर्ष रहने बताइएको छ ।

सीटीइभीटीबाट आफ्नो संस्थाले सम्बन्धन पाएको शुदूरपश्चिम संयोजक पौडेलको दाबी छ । ०६५ सालमा स्थापना भएको उक्त संस्थाको प्रधान कार्यालय कपिलवस्तुमा रहेको छ । देशभर नै कम्प्यूटरमा दक्ष जनशक्ति उत्पादनमा जोड दिदै आत्मनिर्भर तथा रोजगारीको अवसर र्सिजनाका लागि आफुहरुले उक्त अभियानको सुरुवात गरेको जनाइएको छ ।

No description available.

No description available.

No description available.

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...