ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ मुख्य समाचार दोधाराको बाढी पिडितहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघले दियो कृषी सामग्री

दोधाराको बाढी पिडितहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघले दियो कृषी सामग्री

पप्पु गुरुङ्ग, दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपाल को सहकार्यमा दोधारा चाँदनीका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रम अघि बढाएको छ् । एक महिना अघि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आएको बिनासकारी बेमौसी बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० शान्ती टोल, कुतियावकर, प्रधान टोल, सुर्खेती टोल, बैतिफाँटा लगाएत अन्य वडाका बस्तीहरुमा धनमालको ठुलो क्षती भएको हुदा नेपाल राष्ट्रिय समाज कल्याण संघ र डिसिए नेपाल को सहकार्यमा दोधारा चाँदनीका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रम अघि बढाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुुमार सुनारले जनाएका छन् । ५ सय घरधुरी बाढी पिडितलाई प्रति घरधुरी रु. ४ हजार ५ सय रुपिँया बराबरको भौचर मार्फत कृषी सहायता सामग्री उलब्ध गराईएन थालेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुुमार सुनारले बताएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपाल को सहकार्यमा दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद उपलब्ध गराईदै आएको उनको भनाई रहेको छ् । किसानहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद बितरणको लागी नजिक पर्ने न्यु शुभम वाशुलिङ्ग ट्रेडर्स एण्ड सप्लायर्स र सबिम एग्रो सेन्टर तोकिएको छ् । बाढी पिडित किसानहरुले उक्त कार्यक्रमले तोकिएको रकम बराबरको तोकिएको पसलबाट गहुँको बिउ, मसुरो दालको बिउ, तरकारीको बिउ, मटर दालको बिउ, चना दालको बिउ, मलखाद, फरुवा, कुटो, हसिया खरिद खरिद गर्न पाउने ब्यवस्था गरिएको छ् । हिजो बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रमको उद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रमको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगरउपप्रमुख चिनी ओझा गिरी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुमार सुनार लगाएत वडाका जनप्रतिनिधी, राजनितिककर्मी, बाढी पिडित किसानहरुको उपस्थिती रहेको थियो ।

बिपद्को बेला नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालको टोलीलाई किसानहरुको मर्कालाई बुझेर सहयोग गरेको भन्दै बाढी पिडित, जनप्रतिनिधी, राजनितिककर्मी तथा स्थानियहरुले धन्यबाद दिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले आगामी दिनहरुमा बिभिन्न दाताहरु संग सहकार्य गरि दोधारा चाँदनीका २ सय बाढी पिडितहरुलाई रु. ४ हजार ५ सय रुपिँया नगद आर्थिक प्रवाह गर्ने कार्यक्रम समेत रहेको बताईएको छ् ।

 

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...