ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ मुख्य समाचार क्षेत्र नं. ३ ‘क’ मा यस्ता छन्, उम्मेद्वारः स्वच्छ र गुटरहित कांग्रेसको...

क्षेत्र नं. ३ ‘क’ मा यस्ता छन्, उम्मेद्वारः स्वच्छ र गुटरहित कांग्रेसको निर्माणमा जोड

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कञ्चनपुर लगायत देशभर नै सरगर्मी बढेको छ । कञ्चनपुरमा नेता तथा उम्मेद्वारहरु प्रदेश, केन्द्रीय महाधिवेश र जिल्ला प्रतिनिधि तथा पदाधिकारीका लागि कार्यक्रता भेटघाट एवं घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

कञ्चनपुरमा निर्वाचन क्षेत्र नं. ३ प्रदेश (क) मा पदम राज अवस्थी सभापतिका उम्मेद्वार छन्, भने कमल सिंह जोरा र जगदीश बिष्ट (जग्गी) उपसभापतिको उम्मेद्वार रहेका छन् । प्रदेश (क) मा अवस्थी प्यानलमा सचिवका उम्मेद्वार तारा सिंह भाट र कमलराज चटौत हुन भने सह–सचिवमा कैलाश चन्द र अशोक पाण्डेय उम्मेद्वार हुन् ।

स्वच्छ र गुटरहित कांग्रेसको निर्माणका लागि आफुहरु सदैब लाग्ने प्रतिबद्धता जनाउदै सभापतिका उम्मेद्वार पदमराज अवस्थीले कांग्रेस नेता तथा कार्यक्रताहरुलाई आफु लगायत सम्पूर्ण टिमलाई नै मतदान गर्नहुन हार्दिक अपिल गरेका छन् ।

प्रदेश (क) मा नेता अवस्थीकोको प्यानल संगै अर्को प्यानल पनि प्रतिशपर्धामा रहेपनि उक्त प्यानल तुलनात्मक रुपमा कमजोर रहेको कांग्रेसकै केहि नेताहरुको विश्लेषण छ ।

सभापतिका उम्मेद्वार पदमराज अवस्थी को हुनः
०५० साल देखि नेपाल विद्यार्थी संघमा आबद्ध भएर विद्यार्थी राजनीति सुरुगरेका अवस्थीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं. ३ (क) बाट सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

नेता अवस्थीले ०५० सालमा गड्डाचौकीमा रहेको सिद्धनाथ अमर उमाविबाट नेविसंघको ईकाइ अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा नगर सदस्यमा विजय भएका थिए भने १३ औं महाधिवेशनमा भीमदत्त नगरपालिकाको नगर सभापतिमा निर्वाचित भएका थिए ।

नेपालीका कांग्रेसका हरेक क्रियाकलाप देखि सडक संर्घषमा पनि नेता अवस्थीको ठुलो योगदान रहेको छ ।

उप–सभापतिः
कांग्रेसको सक्रिय राजनीतिमा एक दशक बिताएका प्रदेश (क) का उपसभापति उम्मेद्वार जगदिश बिष्ट (जग्गी) इमान्दार नेताका रुपमा चिनिन्छन् । १३ औं महाधिवेशनबाट भीमदत्तको नगर सदस्यमा विजय भएका नेता बिष्टले कुशल कृषकको समेत परिचय स्थापित गरेका छन् ।

नेता बिष्ट कांग्रेसका विभिन्न आन्दोलनमूखी कार्यक्रमहरुमा अग्रपंक्तिमा उमेने नेता हुन् । उनी विभिन्न विद्यालयका व्यवस्थापन समितिको नेतृत्व समेत सम्हालिसकेका नेता हुन् ।

पार्टी भित्र आफ्नो राम्रो पहुँच बनाइसकेका नेता कमल सिंह जोरा पनि प्रदेश (क) मा उपसभापतिको प्रभावकारी उम्मेद्वार हुन् ।

सचिवः
खेलकुद क्षेत्रका नक्षत्रका रुपमा चिनिने कांग्रेस नेता तारा सिंह भाट सचिव पदका उम्मेद्वार छन् । उनी ०५१ देखि कांग्रेसको क्रियाशिल राजनीतिमा जोडिएका हुन् । विभिन्न पटकका चुनावहरुमा कांग्रेसलाई निर्वाचित गराउन नेता भाटले महत्वपूर्ण भूमिका खेलेका छन् ।

पार्टीका विभिन्न क्रियाकलापहरुमा सक्रिय रहदै आएका नेता भाट वित्तीय कर्मचारी युनियन कञ्चनपुरको सल्लाहकार पनि हुन् । उनी नेपाली कांग्रेसको केन्द्रीय खेलकुद समितिका केन्द्रीय सदस्य समेत रहेका छन् ।

त्यसै गरी अवस्थी प्यानलबाट नै सचिव पदका उम्मेद्वार कमलराज चटौत पनि बलियो उम्मेद्वारका रुपमा लिइन्छन् । युवा कर्मठ, लगानशिल र पार्टीका प्रत्येक क्रियाकलापमा सदाबहार सक्रिय रहने पार्टीमा प्रचुर सम्भावना बोकेका नेता चटौत कञ्चनपुर क्षेत्र नं. ३ को प्रदेश (क) मा सचिव पदको उम्मेद्वार हुन् ।

सह–सचिवः
कञ्चनपुर क्षेत्र नं. ३ को प्रदेश (क) मा सह–सचिव पदका उम्मेद्वार अशोक पाण्डेय र कैलाश चन्द हुन् । नेता पाण्डेय र चन्द नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट उदयमान भएका व्यक्ति हुन् ।

०६० सालबाट नेविसंघको विद्यार्थी राजनीति थालेका युवा नेता कैलाश चन्द ०६३ मा स्ववियूमा थोरै मतान्तरले पराजित भएको बताउछन् । नेता चन्द ०६२/०६३ को जन आन्दोलन देखि शुदूरपश्चिम विश्वविद्यालयको आन्दोलनमा पनि अग्र पंक्तिमा रहेर नेतृत्व गरेका विद्यार्थी नेता हुन् ।

०७३ सालमा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका विद्यार्थी नेता चन्द, शुदूर पश्चिमकै कान्छो उम्मेद्वार थिए । हाल पनि उनी विद्यार्थी तथा युवाहरुमाझ निकै प्रिय छन् ।

नेविसंघकै राजनीतिबाट उदयमान भएका अशोक पाण्डेय पार्टीका हरेका कार्यक्रम तथा सडक संघर्षहरुमा अग्रपंक्तिमा खटिने व्यक्ति हुन् । विद्यार्थी नेता पाण्डेय नेता तथा कार्यक्रताहरुका माझ निकै प्रिय छन् ।

May be an image of 8 people, people standing and text that says "राष्ट्रियता लोकतन्तर समाजबाद! नेपाली काँग्रेस नेपाली काँग्रेस १४ औ महाधिवेशन कज्चनपुर क्षेत्र नं. ३ (क) संगठन निर्माणमा लामो समय देखि महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका युवा कर्मठ र जुभारु उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराओ I कमल सिंह जोरा प्रदेश ਤਧ- सभापति जगदीश विष्ट प्रदेश उप-सभापति पदमराज अवस्थी प्रदेश सभापति Vote कमलराज घटीत प्रदेश सचिव तारा सिंह भाट प्रदेश सचिव कैलाश चन्द प्रदेश सह-सचिव अशोक पाण्डेय प्रदेश सह-सचिव"

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...