ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ अन्तर्वार्ता पार्टी निर्माणमा युवा सहभागिताः महाधिवेशन प्रतिनिधि उम्मेद्वार प्रकाश थापा

पार्टी निर्माणमा युवा सहभागिताः महाधिवेशन प्रतिनिधि उम्मेद्वार प्रकाश थापा

महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य प्रकाश थापा कञ्चनपुर क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिको उम्मेद्वार हुन् । नेता थापा पार्टी निर्माणमा युवा सहभागिता जोड दिदै आएका छन् । नेपाली कांग्रेसका प्रत्येक नेता तथा कार्यक्रताको व्यक्तिगत र समाजिक समस्याहरुमा सदैव साथ दिने युवा नेता थापाको प्रतिबद्धता छ ।

युवा नेता थापाले कञ्चनपुरमा नेविसंघबाट विद्यार्थी राजनीतिक यात्राको थालनी गरेका हुन् । हाल पनि उनी विद्यार्थीहरुका समस्या र सम्बन्धित निकायहरुमा विद्यार्थीहरुको आवाज बुलन्द गराउनका लागि कर्मठ रुपमा सक्रिय रहनुका साथै जिल्लामै प्रिय विद्यार्थी नेताका रुपमा चिनिन्छन् ।

राजनीतिक यात्राः
०५८ साल देखि सिद्धनाथ बहुमुखी क्याम्पसबाट नेविसंघको राजनीति थालेका नेता थापा ०६२ मा उक्त क्याम्पसमा नेविसंघको इकाई उपाध्यक्ष भएका थिए । ०६२/०६३ को जनआन्दोलनमा समेत महत्वपुर्ण भूमिका निभाएका थापाले केहिदिन हिरासतमा विताएका थिए ।

जिल्लामा नेविसंघका दुई अध्यक्ष रहेको समयमा दुवै अध्यक्षहरुको सहमतिमा उनी ०६४ मा सिद्धनाथ बहुमुखी क्याम्पसमा नेविसंघको इकाई सभापति चुनिएका थिए । इकाई सभापति संगै उनी पार्टीको सक्रिय राजनीतिक गतिविधि संग पनि जोडिन थाले । सुदूरपश्चिम विश्वविद्यालयको लागि ०६७ मा बृहत आन्दोलन हुँदा नेता थापाले क्याम्पस संगै जिल्लाकै सबै विद्यार्थीहरुको नेतृत्व गरेका थिए । त्यहिक्रममा उनी पुनः कहिदिन प्रहरी हिरासतमा समेत परे ।
०६८ मा नेविसंघ कञ्चनपुरको सचिवमा निर्वाचित भएका नेता थापा ०६९/७० मा जिल्ला उपाध्यक्ष समेत भए । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट उनी जिल्ला सदस्य भएपछि ०७३ मा नेता थापा नेविसंघको केन्द्रीय सदस्य चयन भए ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिक यात्रा तय गरेका नेता युवाहरुका निकै प्रिय पात्र हुन् । पार्टीको १४ औं महाधिवेशनमा उनी कञ्चनपुर क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा संगै अग्रज तथा युवा पुस्ताका नेता तथा कार्यक्रताहरुबाट केन्द्रमा पार्टीको कुशल र सक्षम नेतृत्व चयनकालागि आफुलाई मतदान गर्नहुन अपिल गर्दै आएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कञ्चनपुरमा आन्तरिक सर्गर्मी बढेको छ । जिल्लामा प्रदेश पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरुको उम्मेद्वारी घोषणा पश्चात नेताहरु घरदैलो कार्यक्रममा छन् ।

 

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...