ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ अपराध रिपोर्ट कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरी समेत घाइते

कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरी समेत घाइते

१९ कार्तिक , महेन्द्रनगर । कञ्चनपुरमा हिजो लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो। त्यसपछि आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो। सोही क्रममा फेरि आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा एक प्रहरीमाथि पनि आक्रमण भएको छ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय महेन्द्रनगरका एक असइ घाइते भएका हुन्। उनको हातमा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने बताए। घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अन्य युवकहरुको खोजी भइरहेको बताइएको छ।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...