ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ अन्तर्राष्ट्रिय के धर्तीमा पानी सकिँदैछ

के धर्तीमा पानी सकिँदैछ

कात्तिक १५,महेन्द्रनगर । केही महिनाअघिको कुरा हो । इरानमा अभूतपूर्व खडेरी देखियो । वर्षाको कमीका कारण यहाँका नदीहरू सुके । पानीको कमीका कारण पूरै देशमा ठूलो विरोध प्रदर्शन भयो ।

वर्ष २०१९ मा भारतका सबैभन्दा ठूला सहरहरूमध्ये एक चेन्नईमा देखिएको पानीको सङ्कटले अखबारहरूमा ठूलो चर्चा पायो । बढ्दो सङ्ख्याका उद्योग, सहरीकरण र जलवायु परिवर्तनको असरले कसरी कहर बढाउँदैछ भन्ने विषयमा पनि यतिबेला बहस छेडियो । भीषण खडेरीकै कारण दक्षिण अफ्रिकाको केपटाउन सहरमा २०१८ मा प्रतिव्यक्ति दैनिक ५० लिटर मात्रै पानी प्रयोग गर्न पाइने मापदण्ड लागू गरियो । २०१४ मा ब्राजिलको साओ पाओलो र अस्ट्रेलियाको पर्थमा पनि अवस्था यस्तै थियो ।

जल सङ्कटका लागि खराब व्यवस्थापन, जलस्रोतहरूमा लगानीको कमी र जलवायु परिवर्तनलाई जिम्मेवार ठहर गर्ने गरिएको छ । तर न यो कुनै समस्या हो, न त कुनै कारण नै हो । १९८० को दशकदेखि दुनियाँमा पानीको प्रयोगको दर प्रतिवर्ष लगभग एक प्रतिशतले बढिरहेको छ । र, २०५० सम्म यही दरमा बढ्ने आशा गरिएको छ । जानकारहरूका अनुसार आगामी समयमा पानीको माग र जलवायु परिवर्तनको असर बढ्दा जलस्रोतहरूमाथि दबाब बढ्नेछ । के त्यसो भए धर्तीबाट पानी खतम भइरहेको छ रु यो समस्याको हल कसरी हुनसक्छ

 

एकातर्फ खडेरी, अर्कोतर्फ बाढी

जेम्स फैम्लिएटी सास्काचेवान विश्वविद्यालयअन्तर्गत ग्लोबल इन्स्टिच्युट फर वाटर सेक्युरिटीका कार्यकारी निर्देशक हुन् । यसअघि उनले क्यालिफोर्नियामा नासाको वाटर साइन्टिस्टका रूपमा काम गरिसकेका छन् । क्यालिफोर्नियाका जङ्गलमा हरेक वर्ष आगो लाग्छ । तर पनि सागसब्जी र फलफूलका लागि देशको आवश्यकताको एक तिहाइ हिस्सा यहीँ उत्पादन हुन्छ । जेम्स भन्छन्, ‘यदि हामी खेतीका लागि पानीको कुरा गर्छौं भने सायद दुनियाँका सबै खेतीयोग्य इलाकाको स्थिति क्यालिफोर्निया जस्तै हुनुपर्छ । त्यहाँ जे उत्पादन हुन्छ, त्यसले केवल स्थानीय स्तरमा मात्रै होइन अन्य इलाकाको आवश्यक पनि पूर्ति गर्छ । जबकि यहाँको खेतीका लागि पर्ने पानीको आवश्यकता अन्य इलाकाले पूरा गर्दैनन् । यो अस्थिर तरिका हो ।’

वर्ष २००२ मा नासाले खास ग्रेस मिसन लन्च गरेको थियो । १५ वर्षसम्म चलेको यस मिसनअन्तर्गत स्याटेलाइट तस्बिरहरूमार्फत धर्तीको जलस्रोतको स्थित र जल वितरणलाई बुझ्ने कोसिस गरियो । जेम्स भन्छन्, ‘ग्रेस मिसनबाट हामीलाई धर्तीका दुवै गोलाद्र्धमा एक वैश्विक प्याटर्न रहेको थाहा भयो । दुनियाँका केही हिस्सामा पानी भरपूर मात्रामा छ । जबकि दुनियाँका अन्य हिस्सा खडेरीमा छन् । यस प्याटर्नले देखाएअनुसार पानीले भरिपूर्ण इलाकामा बारम्बार बाढी आइरहेको छ, खडेरीयुक्त इलाका निरन्तर सुक्खा हुँदैछन् ।’ वैश्विक स्तरमा पानीका भण्डारहरू लगातार सुक्दै जानुमा ग्लोबल वार्मिङ र खेतीको भूमिका महत्त्वपूर्ण छ । तर यसका अन्य कारण पनि छन् ।

 

सहरीकरणको बढ्दो दायरा

दुनियाँको कुल आवादीको १७ दशमलव ५ प्रतिशत हिस्सा भारतमा छ । तर यहाँ धर्तीको ताजा पानीको स्रोतको केवल ४ प्रतिशत मात्रै छ । सम्राट बजाक वर्ल्ड रिसोर्सेस इन्स्टिच्युटमा भारतको सहरी जल कार्यक्रमका निर्देशक हुन् । उनका अनुसार हालैका वर्षमा मानिसहरूको आय उच्च रूपमा बढेको छ र पानीको माग पनि त्यहीअनुसार छ । ‘मानिसहरू एयर कन्डिसनर, फ्रिज, वासिङ मेसिनजस्ता उपकरण अधिकभन्दा अधिक खरिद गरिरहेका छन् । देशमा बिजुलीको कुल आवश्यकताको ६५ प्रतिशतभन्दा धेरै थर्मल पावर प्लान्टबाट आउँछ र यसमा पानीको अधिक प्रयोग हुन्छ । यदि बिजुलीको प्रयोग अझै धेरै भयो भने यसको उत्पादनका लागि पानीको माग पनि उति नै बढ्नेछ ।

सम्राटका अनुसार आयसँगै मानिसहरूको खानपानको तरिका पनि बदलिरहेको छ । प्रोसेस्ड फुडको खपत अधिक भएको छ र पहिलेको तुलनामा पानीको जरुरत पनि बढेको छ । यसबाहेक सहरीकरणको बढ्दो दायरा र वर्षाको पानी बर्बाद हुनु पनि ठूलो समस्या हो । भारतमा खानेपानीको कुल आवश्यकताको ८५ प्रतिशत भू–जलबाट पूरा हुने गरेको छ । ‘सहरीकरणको तरिका बदलिँदै छ । जमिनको सतहमा कङ्क्रिट ढलान ओछ्याइएको छ र यसले सतहलाई कडा र अभेद्य बनाएको छ । त्यस्तै जङ्गल कटानले पनि जमिनलाई कम्प्याक्ट गरिरहेको छ । त्यसकारण जमिनले पानीलाई सोस्न पाइरहेको छैन र बर्खाको पानी बगेर सिस्टमबाट बाहिर गइरहेको छ ।’

 

देशका झन्डै ७९ प्रतिशत घरसम्म पिउने पानीको नल पुगेको छैन । धेरै इलाकामा मानिस पानी खरिद गर्न बाध्य छन् । देशमा प्रदूषित पानीबाट हरेक साल झन्डै दुई लाख जानको मृत्यु हुन्छ र हजारौँ मानिस बिरामी हुन्छन् । जल सङ्कटबाट परिवार त प्रभावित नै छन्, यसको असर समाजमा पनि परेको छ । ‘जल सङ्कटले मानिसलाई कहिल्यै खतम नहुने गरिबीको दुष्चक्रमा धकेलिदिन्छ र समाजमा असमानता बढाउँछ । सामाजिक र आर्थिक रूपमा पिछडिएका मानिसले पानीमा अधिक खर्च गर्न पाउँदैनन् । यसको असर उनीहरूको स्वास्थ्यमा पर्छ र उनीहरू यस दुष्चक्रमा फस्छन् ।’क्यालिफोर्निया र भारतमा जे हुँदैछ त्यो दुनियाँका धेरै हिस्सामा भइरहेको छ । तर के हामी धर्तीमा पानी खतम भइरहेको छ भन्न सक्छौँ रु

आवश्यकता र प्रयोग

केट ब्राउम्यान युनिभर्सिटी अफ मिन्नेसोटाको ग्लोबल वाटर इनिसिएटिभका लिड साइन्टिस्ट हुन् । उनका अनुसार समस्या पानीको कमी नभएर यसको आवश्यकता र उपलब्धतामा छ । ‘हामीलाई थाहा छ, जलवायु परिवर्तनका कारण अत्यधिक बाढी आउनेछ र खडेरी पनि पर्नेछ । खासमा धर्तीमा पानी कम भएको छैन तर हामीलाई जहाँ पानीको जरुरी छ, त्यहाँ मिल्दैन । कतिपय ठाउँमा भने आवश्यकताभन्दा बढी पानी मिलिरहेको छ,’ केटले भनिन् ।सहरीकरणका कारण बर्खाको पानी जमिनभित्र छिर्दैन भन्ने सम्राट बजाकको तर्कमा केटको फरक टिप्प्पणी छ । केटका अनुसार यो पानी सप्लाई गर्ने कुरा भयो । तर पानीको कमीको कारण अरू नै छ । ‘सङ्कटको एउटा ठूलो कारण पानीको प्रयोगसँग जोडिएको छ । हामीले धर्तीमा विद्यमान पानीको हिसाब यसको प्रयोगसँग गर्न जानेका छैनौँ र हामी पानी सकिँदैैछ भनिरहेका छौँ,’ केटले भनिन् ।

 

पानीको प्रयोग कसरी गर्ने भन्ने विषयले यसमा फरक पार्ने उनले बताइन् । मसलन खेत ठूलो भए, वाष्पीकरण अधिक हुनेछ । घरमा प्रयोग भएको पानीलाई फ्याक्दाँ त्यो बग्नेछ र जलचक्र चल्नेछ । तर न त भू–जलस्तर बढ्नेछ, न अर्कोपटक प्रयोगका लागि पानी उपलब्ध हुनेछ । ‘प्रदूषण पनि एक ठूलो समस्या हो । यदि पानी छ तर प्रयोग गर्न लायक छैन भने त्यो नहुनु बराबर हो । पानीसम्मको पहुँचका लागि ढाँचागत सुविधा पनि महत्त्वपूर्ण छ । पानी कति छ र कतिवटा घरसम्म पुग्नेछ, यो महत्त्वपूर्ण फैसला हुनेछ । थप अभावले पनि असमानता जन्माउँछ,’ उनले भनिन् ।केटको बुझाइमा आगामी समय पनि धर्तीमा पानी सायद खतम हुनेछैन तर बढ्दो जनसङ्ख्याका कारण चुनौतीहरू बढ्ने निश्चित छ ।

एकपछि अर्को गाउँ किन हुँदैछ खाली  समस्यासँग कसरी जुध्ने 

डेनियल सेमी द नेचर कन्जर्वेसीमा रिजिलेएन्ट वाटरसेड स्ट्रयाटिजी निर्देशक हुन् । उनका अनुसार जल सङ्कटसँग जुध्ने सुरुवात खेतीबाट हुनुपर्छ । ‘कुन स्थानमा, कसरी अन्न उब्जाइँदैछ रु यसमा तालमेलको कमी छ । पानीको सही प्रयोग गरेर कुन तरिकाको खेती गर्न सकिन्छ भनेर हामीले सिक्नुपर्ने हुन्छ,’ डेनियलले भने ।तर यसका लागि हामी कति तयार छौँ भन्ने विषय अलग मुद्दा भयो । डेनियलका अनुसार जल प्रदूषणसँग जुध्नका लागि हामी तयार छौँ । उनका अनुसार अधिकांश मामिलामा यसको जिम्मेवारी सरकारले लिनुपर्छ र उद्योगहरूलाई यसका लागि बाध्य गर्नुपर्छ । तर जल संशोधन खर्चिलो काम हो ।

 

के हामी समुद्रको पानीलाई पिउन लायक बनाउन सक्दैनौँ 

‘यो रोचक प्रविधि पक्कै हो । तर आजको अवस्थामा पानीसँग नुनलाई अलग गर्ने प्रक्रिया महँगो छ । ऊर्जाको प्रयोगको दृष्टिले पनि यो सही छैन । किनकि ऊर्जा सङ्कट पहिलेदेखि नै ठूलो मुद्दा रहिआएको छ,’ डेनियलले भने । अर्को, एउटा प्रश्न यस प्रक्रियाबाट बन्ने नुनलाई के गर्ने भन्ने पनि हो । यसलाई न जमिनमा फ्याक्न सकिन्छ, न समुन्द्रमै ।

जल सङ्कटसँग कसरी जुध्ने 

‘पार्क र गाउँ–सहरमा मौजुद हराभरा इलाकामा यो सम्भावना लुकेको छ । यी इलाकाले स्पन्ज जसरी काम गर्छन् अर्थात् यदि हामी कङ्क्रिटबाट हटेर यस्तो जमिन तयार गर्छौं, जसले पानी सोस्न सक्छ । तब बर्खाको पानी बर्बाद हुनेछैन र भू–जल स्तर बढ्नेछ ।’

 

भू–जलस्तरको स्थितिलाई सुधार्न सक्छौँ 

सानो कोसिस, ठूलो परिवर्तन । तरुण भारत सङ्घका अध्यक्ष राजेन्द्र सिंह पछिल्ला चालीस वर्षदेखि राजस्थानको मरुभूमिलाई हराभरा बनाउने काममा जुटेका छन् । उनलाई वाटरम्यान अफ इन्डिया नामले पनि सम्बोधन गर्ने गरिन्छ । उनका अनुसार धर्तीको पानी सकिइरहेको छैन, बरु यसमाथि अतिक्रमण, प्रदूषण र शोषण बढिरहेको छ । ‘पानीको जुन प्रश्न छ त्यसलाई आधुनिक शिक्षाले थप गम्भीर बनाइदियो । आधुनिक शिक्षामा हाम्रो प्रविधि र इन्जिनियरिङ प्राकृतिक संसाधनहरूको अधिकतम प्रयोगको विकासलाई उपलब्धि मानिन्छ । यो सफलता हाम्रा लागि खतरनाक छ । यस्तो सिकाइका कारण मानिसले ३ सय फिटदेखि २ हजार फिट गहिराइबाट भू–जल निकालिरहेका छन् ।’विश्वमा भू–जलको जति प्रयोग हुन्छ त्यसको २५ प्रतिशत प्रयोग भारतमै हुन्छ । यस मामिलामा चीन र अमेरिकाभन्दा पनि भारत अघि छ ।

 

राजेन्द्र सिंहका अनुसार पानीको सङ्कटले समुदायहरूबीच एक अलग तरिकाको तनाव जन्माइरहेको छ । त्यस्तै नयाँ चुनौतीहरू पनि पैदा गरिरहेको छ । ‘पानीको कमीका कारण पूरै दुनियाँमा विस्थापन बढिरहेको छ । यसकारण जो मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान्छन्, उनीहरूलाई जलवायु शरणार्थी भनिन्छ । जल सङ्कटले थर्ड वर्ल्ड वाटर वारलाई निमन्त्रणा दिइरहेको छ । यसकारण हामीले एकातर्फ जल उपयोग दक्षता बढाउन जरुरी छ भने दोस्रोतर्फ जल संरक्षण गर्ने र जलमाथि समुदायहरूको अधिकार कायम राख्ने काम गर्न जरुरी छ । पानीमाथि मानिसहरूको अधिकारका लागि उद्योगहरू सबैभन्दा ठूलो खतरा बनेका छन् । र, यही नै सबैभन्दा ठूलो चुनौती हो ।’

जल सङ्कटको समस्यालाई सुल्झाउन सके, जलवायु परिवर्तनको दिशालाई पनि बदल्न सकिने राजेन्द्र सिंहको मान्यता छ । ‘४० वर्षको मेरो अनुभवले मलाई के भन्न बाध्य गरेको छ भने जल नै जलवायु हो र जलवायु नै जल हो । यदि दुनियाँलाई ग्लोबल वार्मिङ र जलवायु परिवर्तनबाट बचाउने हो भने हामीले पानीको सही तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ । हरियालीलाई बढाउनुपर्ने हुन्छ र पानीका कारण हुने जमिन कटान र सिल्टिङसँग पनि जुध्नुपर्ने हुन्छ । त्यसपछि मात्रै संरक्षण र नवीकरणको प्रक्रिया तेज हुनेछ ।’

त्यसो भए, के जल संरक्षणका लागि हामीलाई ठूला परियोजनाहरूको आवश्यकता छ । ‘साना साना काम मिलाएर ठूलो परिवर्तन ल्याउन सकिन्छ । ठूला बाँधहरूको सुरुवात विस्थापनबाट हुन्छ । साना परियोजनाहरूमा यस्तो हुँदैन । ११ हजार ८ सय साना परियोजनाहरूले १० हजार ५ सय वर्ग किलोमिटर इलाकाको पर्यावरणलाई हराभरा गर्नसक्छन् । तर एउटा ठूलो बाँधले यस्तो गर्न सक्दैन ।’

 

के धर्तीमा पानी खतम भइरहेको छ ।

एक आकलनअनुसार सन् २०५० सम्म दुनियाँको आधा आवादी यस्तो इलाकामा रहनेछ, जहाँ जल सङ्कट हुनेछ । यतिबेलासम्म विश्वका ३६ प्रतिशत सहरहरूमा पानीको अभाव हुनेछ । जलवायु परिवर्तन, खराब व्यवस्थापन, जलस्रोतहरूको घट्दो सङ्ख्या र लगानीको कमी कुनै न कुनै स्तरमा यी सबै कारण समस्याका लागि जिम्मेवार छन् । तर जानकारहरूका अनुसार मुद्दा पानी सकिने विषयको होइन, बरु त्यससँग मानिसहरूको सम्बन्ध समाप्त हुनेबारेको हो ।

समस्याको समाधान त छ तर यसका लागि हामीले आफ्नो तौरतरिका बदल्नुपर्नेछ र एकपटक फेरि पानीको प्रयोगको विषयमा सोच्नुपर्नेछ । ताकि भविष्यमा हरके व्यक्तिका लागि, हरके स्थानमा आवश्यकताअनुसारको पानी उपलब्ध होस् । नत्र बेन्जामिन फ्र्याङ्कलिनले भनेजस्तै पानीको महत्त्व हामीले त्यतिबेला बुझ्नेछौँ जतिबेला कुवा सुकिसकेको हुनेछ ।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...