ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ अपराध रिपोर्ट कैलालीमा जुवाखालबाट करिब १ लाखसहित ९ जना पक्राउ

कैलालीमा जुवाखालबाट करिब १ लाखसहित ९ जना पक्राउ

कार्तिक १४ कैलाली । कैलालीमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित छत्रबहादुर बोगटीको घरमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा १। जिल्ला कैलाली लम्कीचुहा नगरपालिका–४ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी, हेमन्त रावल, वर्ष ६० का नन्दराम धमला, वर्ष ३८ का प्रेम भण्डारी, वर्ष २६ का राज अधिकारी, वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र देवकोटा, वर्ष ३२ का टेकराज अधिकारी, वडा नम्बर २ बस्ने वर्ष २३ का प्रशान्त धामी र वर्ष ४५ का भक्तराज जोशी रहेका छन्। उनीहरुका साथबाट ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...