ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ मंसिर २०, सोमबार
गृहपृष्ठ मुख्य समाचार दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो .....(फोटो फिचर)

दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती यस्तो देखियो …..(फोटो फिचर)

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा चाँदनी नगरपालिका–१० को कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुमा घरहरुमा बाढीको पानी पसेर तहस नहस बनाएको छ् । झण्डै ४ सय घरधुरी बाढीको कारण बिस्तापित बनेको स्थानियहरुले आंकलन गरेका छन् । खेतमा रहेको धान, घरमा रहेको अन्नपात, लत्ता कपडा लगाएत धनमाल बाढीको चपेटामा परेको छ् ।

बाढी बस्तीमा पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियहरु उद्धार कार्यमा जुटेका हुन् । बाढीको कारण ३ सय १० घरधुरी अम्बिका माध्यमिक बिद्यालयको आश्रयमा बस्दै आएका छन् । उनिहरु सबैलाई दोधारा चाँदनी नगरपालिकाले खाना र बस्नको प्रबन्ध मिलाएको छ् । बाढी घरमा पसेपछि स्थानियहरुको चौपाया मरेका छन भने घरमा बाढी पसेर क्षतबिक्षत गरेको स्थानियबासी राजिव खड्काले बताएका छन् । उनका अनुसार अझै सम्मको सबै भन्दा बिकराल बाढी भएको बताए ।

दर्जनौं किसानहरुको तरकारी, धान बाढीले नष्ट गरे संगै अबका दिनहरुमा के खाएर बस्ने भन्ने प्रमुख चिन्ताले सताएको छ् । बाढीले सबै थोक बगाएपछि स्थानियहरुलाई अहिले के खाने भन्ने चिन्ता बढेको छ् । घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा बाढीले बगाईदिएपछि दोधारा चाँदनीका बाढी पिडित ठुलो समस्या निम्तीएको छ् । बाढीले घर भत्काईदिएपछि कयौं घरपरिवार बेघर बन्न पुगेका छन् । कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुका तस्वीर हेर्दा नै जो कोही भावविह्ल बन्छन् । महाकाली र जगबुडा नदीमा आएको बाढीको भंगालो दोधारा चाँदनीको शान्ती टोल, बैतिफाँटा, निशानी टोल कुतियावकर, प्रधान टोल लगाएत टोलहरुमा पसेपछि स्थानियहरुलाई ज्यान जोगाउन समस्या परेको हो ।

कुतियाकवरमा ३९ घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा आईतवार राती पानी पस्न थालेपछि उनिहरुलाई ज्यान बचाउन निकै कठिन परेको बताएका छन् । सोमवार बिहान मात्र उनिहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा उद्धार गरिएको स्थानियबासी मोहन सुनारले बताएका छन् । उनिहरु नजिकैको अम्बिका माध्यमिक बिद्यालयमा बस्दै आएका छन् । अम्बिका माध्यमिक बिद्यालयका शिक्षक यशवन्त खड्काका अनुसार हिजो देखि ३ सय १० घरपरिवारका झण्डै १ हजार ८ सय स्थानियहरु बिद्यालयको आश्रयमा रहेका छन् । उनिहरुलाई दोधारा चाँदनी नगरपालिकाले खाना र बस्नको प्रबन्ध मिलाएको हो ।

आजै दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आपतकालिन बैठक बसी बाढी पिडितहरुको लागी तत्कालै राहतको ब्यवस्था गर्ने भएको छ् । राहत बितरण कार्यको लागी भोली देखि बाढी पिडितहरुको लगत संकलन कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । ‘बाढी पिडितहरुको लागी तत्कालै राहतको ब्यवस्थाको लागी लगत संकलन गर्ने निर्णय छौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले भने । बाढीको कारण कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुका घरहरु क्षतबिक्षत बनेका छन् । यता महाकाली नदीको भंगालो बस्ती तिर तेस्रीएपछि कुतियाकवरका ३९ घरधुरी मध्य अधिकांश घरहरु तहसनहस भएको स्थानिय शिक्षक टंकलाल जोशीले बताएका छन् ।

महाकाली नदीको भंगालो बस्ती तिर तेस्रीएपछि नदीले ल्याएको काठ, मुडाले घरहरु क्षतबिक्षत भएको हो । बाढीले नभत्काएका घर भित्र बाढीको लेदो माटोले पुरेको छ् । बाढी आएपछि स्थानियहरुलाई ज्यान बचाउन निकै कठिन परेको शिक्षक जोशीको भनाई रहेको छ् । बाढीले अन्नपात, भाडा कुडा बगाउनुको साथै घर समेत भत्काएको कारण अबका दिनहरुमा कहाँ बस्ने भन्ने चिन्ता उनिहरुमा छ् ।

महाकाली नदीको भंगालो बस्तीमा पसेपछि कुतियाकवरका स्थानियहरुले ज्यान बचाउन गुहार लगाएका थिए । ‘कुतियाकवर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुका अवस्था निकै दर्दनाक छ्’ स्थानिय शिक्षक टंकलाल जोशीले भने ।

ताजा समाचार

निङ्गलाशैनी माविका विद्यार्थीलाई एनसीसीले तालिम दिने

महेन्द्रनगर । महेन्द्रनगरको निङ्गलाशैनी मावि लगायत कञ्चनपुरका ८ विद्यालयमा श्री राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन ब्याजको तालिम सञ्चालन गरेको छ । महेन्द्रनगरको गोबरैया...

सहनै नसकिने बाढीले दिएको पिडा : दिर्घकालिन समस्याको हल खै त ?

‘दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न समयमा हुने कार्यक्रममा कृषी क्षेत्रका क्रान्तिकारी ठुलो आवाज उठाउनेहरुनै मानव अधिकार र खाद्य अधिकारका बिषयमा मौन देखिन थाल्नु राज्यका...

सृष्टि महिला सहकारी संस्था दोधाराको वार्षिक साधारण सभा भब्यताको साथ सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा...

ईलेक्ट्रनिक बिल्डीङ्ग प्रमिट सिस्टम) सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम संचाल

ऐश्वर्या कुवँर महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा र यूएनडीपी नेपाल सीडिआर एमपीको सहयोगमा भिमदत्त नगरपालिका र निर्माण क्षेत्रमा आवद्ध विभिन्न कन्सलटेन्सीमा कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर,...